सेयर बजारमा पहिरो, परिसूचक ३४ अंकले घट्दा कारोबार रकममा २८ अर्बमा सिमित

  • काठमाडौं । आइतबार सेयर बजार राताम्य भएको छ । अघिल्लो कारोबारमा उल्लेख वृद्धि भएको बजार आज ३४ दशमलव ४७ अंकले घटेको हो । आजको कारोबार बन्द हुँदा सेयर बजार परिसूचक ३००० विन्दुबाट समेत तल झरेको छ । आइतबारको कारोबार बन्द हुँदा सेयर बजार २९६६ दशमलव ३३ विन्दुमा पुगेको छ । जुन अघिल्लो कारोबार भन्दा १.१४ प्रतिशतले कम हो ।
    आज सेयर बजारमा ४७ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १९७ कम्पनीको सेयर मूल्य बढेको छ । आज सेयर बजारमा अघिल्लो कारोबार दिन भन्दा कारोबार रकममा पनि कमी आएको छ । अघिल्लो कारोबार दिन बिहीबार २९ अर्ब ९५ करोड बढीको कारोबार भएको बजारमा आज २८ अर्ब ८३ करोड बढीको कारोबार भएको छ ।
    आइतबार सेयर बजारमामा ३३० कम्पनीका ६ करोड ६५ लाख ७५ हजार ३६६ कित्ता सेयर ३ लाख ९१८ खरिद बिक्री हुँदा २९ अर्ब ८३ करोड ६९ लाख ९७ हजार ३७६ रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ६ दशमलव ६५ अंकले घटेर ५२८ दशमलव ८५ विन्दुमा पुगेको छ ।
    आज सेयर बजारमा कारोबार भएका १३ उपसूचकमध्ये ४ वटा उपसूचकको सेयर मूल्य बढेको छ भने बाँकी ९ वटाको घटेको छ । आइतबारको सेयर बजारमा ४ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने एक कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार