नेप्से परिसूचक ३२ अंकले घट्यो, कारोबार रकम ८ अर्बमा सिमित

काठमाडौं । साताको सेयर कारोबार हुने तेस्रो दिन मंगलबार पनि सेयर बजार उच्च अंकले घटेको छ । अघिल्ला दुई दिन पनि उच्च अंकले घटेको बजार आज पनि ३२ दशमलव २१ अंकले घटेको हो ।

आजको कारोबार बन्द हुँदा नेप्से परिसूचक २७१९ दशमलव २० विन्दुमा पुगेको छ । यो अघिल्लो दिनको भन्दा १.१७ प्रतिशतले कम हो । आज सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये २०९ कम्पनीको सेयर मूल्य घटेको छ भने ३२ कम्पनीको सेयर मूल्य मात्रै बढेको छ । त्यस्तै ३ कम्पनीको सेयर मूल्य भने आज स्थिर रहेको छ ।

त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ३ दशमलव २८ अंकले घटेर ४५६ दशमलव ४७ विन्दुमा पुगेको छ । सेयर बजारमा १३ उपसूचकमध्ये १२ उपसूचकको सेयर मूल्य घटेको छ भने एउटाको मात्रै बढेको छ । परिसूचक घटेको दिन कारोबार रकम सामान्य बढेको छ । अघिल्लो दिन ८ अर्ब ३७ करोड माथिको कारोबार भएको बजारमा आज ८ अर्ब ३९ करोड ११ लाख ४९ हजार ५० रुपैयाँ बराबरको कारोबार भएको छ । आज सेयर बजारमा ३०३ कम्पनीका १ करोड ५५ लाख ५९ हजार ६८३ कित्ता सेयर ९२ हजार ३१ पटक खरिद बिक्री हुँदा उक्त रकम बराबरको कारोबार भएको हो ।

आज सेयर बजारमा एउटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

महालक्ष्मी विकास बैंकको सेयर मूल्यमा सकारात्मक सर्किट

मंगलबार सेयर बजार राताम्य भएर बन्द हुन्दा एउटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज जम्मा ३२ कम्पनीको सेयर मूल्य बढेको दिन महालक्ष्मी विकास बैंकको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।

महालक्ष्मी विकास बैंकको सेयर मूल्य आज ४० रुपैयाँ ५० पैसाले बढेर ४४६ रुपैयाँ ४० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ९.९८ प्रतिशतले बढी हो । त्यस्तै आज धेरै मूल्य बढ्ने शीर्ष पाँच कम्पनीमा विन नेपाल लघुवित्त, ज्योति विकास बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक र आरबीबी म्युच्युअल फण्ड १ रहेका छन् । आज विन नेपाल लघुवित्तको सेयर मूल्य पनि ८.८० प्रतिशत अर्थात् ३०८ रुपैयाँले बढेर ३ हजार ८०८ रुपैयाँ पुगेको छ ।

त्यस्तै आज ज्योति विकास बैंकको सेयर मूल्य १२ रुपैयाँले बढेर ३७० रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा ३.३५ प्रतिशतले बढी हो । आज सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर मूल्य पनि ३.११ प्रतिशत अर्थात् १३ रुपैयाँ १० पैसाले बढेर ४३४ रुपैयाँ १० पैसा पुगेको छ । त्यस्तै आज आरबीबी म्युचुअल फण्डको सेयर मूल्य ०.२७ रुपैयाँले बढेर ८ रुपैयाँ ९७ पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ३.१० प्रतिशतले बढी हो ।

धेरै मूल्य घट्ने पाँच कम्पनीमा दुई लघुवित्त र तीन हाइड्रोपावर

मंगलबार सेयर बजार राताम्य भएर बन्द भयो । कारोबार भएका कम्पनी मध्ये २०९ कम्पनीको सेयर मूल्य घटेको दिन धेरै मूल्य घट्ने शीर्ष पाँच कम्पनीमा दुई लघु वित्त र तीन हाइड्रोपावर रहेका छन् । आज सेयर बजारमा धेरै मूल्य घट्ने दुई लघुवित्तमा नेष्डो समृद्ध लघुवित्त र उन्नति सहकार्य लघुवित्त तथा तीन हाइड्रोपावरमा हिमालयन पावर पाटनर, राप्ती हाइड्र एण्ड जनरल र रिफर फल्स पावर रहेका छन् ।

आज नेष्डो समृद्ध लघुवित्तको सेयर मूल्य सबै भन्दा धेरै ६.६९ प्रतिशतले घटेको छ । आजको कारोबार बन्द हुँदा यो कम्पनीको सेयर मूल्य १६३ रुपैयाँले घटेर २ हजार २७३ रुपैयाँ पुगेको छ । त्यस्तै उन्नति सहकार्य लघुवित्तको सेयर मूल्य ९९ रुपैयाँले घटेर १ हजार ७४८ रुपैयाँ पुगेको छ । जुन अघिल्लो दिनको भन्दा ५.३६ प्रतिशतले कम हो ।

आज हिमालयन पावरको सेयर मूल्य २९ रुपैयाँले घटेर ५८६ रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा ४.७२ प्रतिशतले कम हो । त्यस्तै राप्ती हाइड्रोको सेयर मूल्इ पनि ४.६८ प्रतिशत अर्थात् २८ रुपैयाँ ९० पैसाले घटेर ५८९ रुपैयाँ पुगेको छ । रिफर फल्सको सेयर मूल्य आज ३७ रुपैयाँ १० पैसाले घटेर ७६९ रुपैयाँ ९० पैसा पुगेको छ । जुन अघिल्लो दिनको भन्दा ४.६० प्रतिशतले कम हो ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार