सेयर बजार २० अंकले घट्यो, कारोबार रकम ८ अर्बमा सिमित

काठमाडौं । सोमबार पनि सेयर बजार दोहोरो अंकले घटेर कारोबार भएको छ । अघिल्लो दिन ४६ अंकले घटेको सेयर बजार आज २० दशमलव ६८ अंकले घटेर २७५१ दशमव ४२ विन्दुमा पुगेको हो ।

आज सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये १९१ कम्पनीको सेयर मूल्य घट्यो भने ४४ कम्पनीको मात्रै सेयर मूल्य बढेको छ । त्यस्तै ८ कम्पनीको सेयर मूल्य आज स्थिर रहेको छ । त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ३ दशमलव ५३ अंकले घटेर ४५९ दशमलव ७६ विन्दुमा पुगेको छ । आज १३ उपसूचकमध्ये १२ वटाको सेयर मूल्य घटेको छ भने एउटाको मात्रै सेयर मूल्य बढेको छ ।

परिसूचकसँगै आज कारोबार रकममा पनि गिरवाट आएको छ । अघिल्लो दिन १० अर्ब ९ करोड माथिको कारोबार भएको सेयर बजारमा आज ८ अर्ब ३७ करोड ८० लाख ५५ हजार ५७ रुपैयाँ बराबरको कारोबार भएको छ । आज सेयर बजारमा ३११ कम्पनीका १ करोड ५० लाख ९४ हजार ९१५ कित्ता सेयर ८७ हजार १५६ पटक खरिद बिक्री हुँदा उक्त रकम बराबरको कारोबार भएको हो । आज सेयर बजारमा एउटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ ।

एउटा कम्पनीमा सकारात्मक सर्किट

सोमबार सेयर बजार दोहोरो अंकले घट्दा पनि एउटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ । आजको कारोबार बन्द हुँदा ४४ कम्पनीको सेयर मूल्य बढेर कारोबार हुँदा नेष्डो समृद्ध लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।

यो कम्पनीको सेयर मूल्य आज ९.९८ प्रतिशत अर्थात् २२१ रुपैयाँले बढेर २ हजार ४३६ रुपैयाँ पुगेको छ । त्यस्तै आज धेरै मूल्य बढ्ने शीर्ष पाँच कम्पनीमा गार्डियन माइक्रो लाइफ, विन नेपाल लघुवित्त, स्वाभिमान लघुवित्त र ग्रिन डेभलपमेन्ट बैंक रहेका छन् । आज गार्डियन माइक्रो लाइफको सेयर मूल्य १६० रुपैयाँ ६० पैसाले बढेर २ हजार रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा ८.७३ प्रतिशतले बढी हो ।

त्यस्तै आज विन नेपाल लघु वित्तको सेयर मूल्य पनि ८.५३ प्रतिशत अर्थात् २७५ रुपैयाँले बढेर ३ हजार ५०० रुपैयाँ पुगेको छ । स्वाभिमान लघुवित्तको सेयर मूल्य पनि आज ५७ रुपैयाँ ४० पैसाले बढेर १ हजार ९५८ रुपैयाँ ४० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ३.०२ प्रतिशतले धेरै हो । आज ग्रिन डेभलपमेन्ट बैंकको सेयर मूल्य २.५६ प्रतिशत अर्थात् ३४ रुपैयाँ ७० पैसाले बढेर १ हजार ३८७ रुपैयाँ ७० पैसा पुगेको छ ।

यी हुन धेरै मूल्य घट्ने शीर्ष पाँच कम्पनी

काठमाडौं । सोमबार सेयर बजार २० अंकले घटेर बन्द भयो । कारोबार भएका कम्पनीमध्ये १९१ वटा कम्पनीको सेयर मूल्य घटेर कारोबार भएको दिन सबै भन्दा धेरै सेयर मूल्य उपकार लघुवित्तको घटेको छ । यो कम्पनीको सेयर मूल्य अघिल्लो दिनको भन्दा ६.९८ प्रतिशतले घटेर कारोबार भएको हो । आजको कारोबार बन्द हुँदा यो कम्पनीको सेयर मूल्य २९१ रुपैयाँले घटेर ३ हजार ८७६ रुपैयाँ पुगेको छ । त्यस्तै आज धेरै मूल्य घट्ने शीर्ष पाँच कम्पनीमा सिक्लेस हाइड्रोपावर, आइसीएफसी लिमिटेड डिबेन्चर २०८८, सान्जेन जलविद्युत कम्पनी र माहालक्ष्मी विकास बैंक रहेका छन् ।

आजको कारोबार बन्द हुँदा सिक्लेस हाइड्रोको सेयर मूल्य ७६ रुपैयाँले घटेर १ हजार २२० रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा ५.८६ प्रतिशतले कम हो । त्यस्तै आज आइसीएफसी डिबेन्चरको सेयर मूल्य ५३ रुपैयाँ ९० पैसाले घटेर १ हजार ४६ रुपैयाँ १० पैसा पुगेको छ । यो अघिल्लो कारोबार भन्दा ४.९० प्रतिशतले कम हो ।

त्यस्तै आज सान्जेन जलविद्युत कम्पनीको सेयर मूल्य ३.८५ प्रतिशत अर्थात् १४ रुपैयाँले घटेर ३५० रुपैयाँ पुगेको छ । आज महालक्ष्मी विकास बैंकको सेयर मूल्य पनि १६ रुपैयाँ १० पैसाले घटेर ४०५ रुपैयाँ ९० पैसा पुगेको छ । यो अघिल्लो कारोबार भन्दा ३.८२ प्रतिशतले कम हो ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार