काठमाडौं, ११५औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा जनता समाजवादी पार्टी (जसपा)काठमाडौ जिल्ला समन्वय समितिले महिलाहरूलाई सम्मान गरेको छ। कार्यक्रममा देश, जनता, र महिला मुक्ति आन्दोलनमा उल्लेखनीय योगदान पुर्याएका महिला कार्यकर्ताहरूलाई विशेष सम्मान प्रदान गरिएको हो।
जनता समाजवादी पार्टीका सहअध्यक्ष एवम् पूर्वमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रमको अध्यक्षता भने श्रीजनमान श्रेष्ठ ले गरेका थिए।महिला सम्मान समारोहमा महिला सशक्तीकरण र सामाजिक न्यायका लागि निरन्तर संघर्ष गर्दै आएका महिला कार्यकर्ताहरूको अतुलनीय योगदानलाई विशेष मान्यता दिइयो।
विशेष अतिथिका रूपमा जनता समाजवादी पार्टीका बागमती प्रदेश इन्चार्ज लाल बहादुर तामाङ, जसपाका केन्द्रीय सदस्यहरू,जसपाको काठमाडौं जिल्ला समन्वय समितिका केन्दृय समिती सदस्यहरु, विभिन्न संघ-संस्थाका प्रतिनिधिहरू, र महिला कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
यस अवसरमा प्रमुख अतिथि राजेन्द्र श्रेष्ठले सम्पूर्ण महिलाहरुलाई शुभकामना र सम्बोधन व्यक्त गर्दै पन्चायतदेखि हालसम्मको महिलाको अवस्थाको बारे प्रष्ट्याए। महिला नेतृत्वकै कुरा गर्ने हो भने नेपाल अमेरिकाभन्दा अघि रहेको भन्दै चर्चा गरे । जसपाले महिलाको नेतृत्व र समानतामा रोजगारीमा ,राज्यमा, शिक्षामा,अधिकारमा,पहुँचमा,पहिचानमा सबै ठाउँमा प्रतिनिधित्व हुनु पर्ने कुरामा जोड दिएको समेत बताए ।
सम्मानित महिला समाजसेवी र कार्यकर्ताहरूको सूची:
१) शोभा महर्जन बज्राचार्य
२) सुशीला शाक्य
३) सोनम लामा शाक्य
४) लक्ष्मी थापा
५) लक्ष्मी श्रेष्ठ
६) मनमाया छन्त्याल
७) कविता प्रधान
८) बिनु श्रेष्ठ
९) अस्मिता पुतुवार
१०) विष्णु माया पुतुवार
११) सरिता पुतुवार
१२) रश्मि महर्जन
१३) मैया काफ्ले
१४(सुनिता योन्जन
१५) शान्ति बाबा श्रेष्ठ
१६) क्रान्ती मालाकार
१७) सुस्मा सिक्खर
१८) इन्दु ज्यापुनी
१९) मीरा महर्जन
२०) जिना महर्जन
२१) जेनि महर्जन
२२ ) सानु मैया राउत क्षेत्री पुतुवार
२३)रस्ना महर्जन
२४ ) शर्मिला बनिया
२५)आश्मा
२६ ) मोहन बदन बज्राचार्य
२७ ) अनिल केसरी श्रेष्ठ
२८)लक्ष्मि मालाकार
२९ ) शोभा लक्ष्मी साही
अध्यक्ष श्रीजनमान श्रेष्ठले “देश, जनता, र महिला मुक्ति आन्दोलनमा महिलाहरुले खेलेक महत्वपूर्ण भूमिकालाई कदर गर्दै महिलाहरूलाई सम्मान गर्न पाउँदा गर्व लागेको बताए ।
सम्मानले पार्टीप्रती अझ जिम्मेवार बनाएको छ । पार्टीले महिला नेतृत्वप्रती आशा र विस्वास गरिएको छ महिलाहरूले क्षमता परदर्शन गर्न अलिकति पनि चुक्न नहुने सम्मानित महिलाहरुले व्यक्त गरे।
कार्यक्रमले महिला अधिकार र समानताको लागि दृढ प्रतिबद्धता व्यक्त गर्दै आगामी दिनहरूमा अझ प्रभावकारी कदम चाल्ने उद्देश्य राखेको छ।
विभिन्न स्तरका महिला कार्यकर्ताहरूको योगदानलाई सम्मान गरेर समाजमा लैङ्गिक समानता र महिला सशक्तीकरणको सशक्त सन्देश प्रेषित गरिएको छ।
कार्यक्रम जसपा काठमाडौ जिल्ला समन्वय समितिको कार्यलय खुशिबुमा सम्पन्न भएको हो।
