काठमाडौं । साताको सेयर कारोबार हुने पहिलो दिन आइतबार सेयर बजार परिसूचक उच्च अंकले घटेर कारोबार भएको छ । आजको कारोबार बन्द हुँदा सेयर बजार परिसूचक ४६ दशलमव ३३ अंकले घटेर कारोबार भएको हो । जुन अघिल्लो कारोबार भन्दा १.६४ प्रतिशतले कम हो ।
आजको कारोबार बन्द हुँदा सेयर बजार परिसूचक २७७२ दशमलव १० विन्दुमा पुगेको छ । आइतबार सेयर बजारमा जम्मा २४ कम्पनीको सेयर मूल्य बढेको छ भने २१७ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै दुई कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ । आइतबारको कारोबार बन्द हुँदा ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.५५ प्रतिशत अर्थात् ७ दशमलव ३१ अंकले घटेर ४६३ दशमलव २९ विन्दुमा पुगेको छ । सेयर बजारमा १३ उपसूचकमध्ये आज सबै १३ वटैको सेयर मूल्य घटेको छ ।
परिसूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ । आज सेयर बजारमा १० अर्ब ९ करोड ३६ लाख ५४ हजार १२९ रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो कारोबार दिन सेयर बजारमा १० अर्ब १० करोड भन्दा माथिको कारोबार भएको थियो । आज सेयर बजारमा ३१५ कम्पनीका २ करोड २७ लाख २६ हजार २८३ कित्ता सेयर १ लाख १२ हजार ३४७ पटक खरिद बिक्री हुँदा उक्त रकम बराबरको कारोबार भएको हो ।
आज सेयर बजारमा तीन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने दुई कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
३ कम्पनीमा सकारात्मक सर्किट
आइतबार सेयर बजार उच्च अंकले घटेर कारोबार बन्दा पनि तीन कम्पनीको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेर कारोबार भएको छ । जम्मा २४ कम्पनीको सेयर मूल्य बढेको दिन गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स, आइसीएफसी फाइनान्स डिबेन्चर २०८८ र भूगोल इनर्जीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।
आजको कारोबार बन्द हुँदा गार्डियन माइक्रो लाइफको सेयर मूल्इ १६७ रुपैयाँ २० पैसाले बढेर १ हजार ८३९ रुपैयाँ ४० पैसा पुगेको छ । यो अघिल्लो कारोबार भन्दा १० प्रतिशतले धेरै हो । त्यस्तै आइसीएफसी फाइनान्सको डिबेन्चरको सेयर मूल्य पनि १०० रुपैयाँले बढेर १ हजार १०० रुपैयाँ पुगेको छ । यो पनि अघिल्लो कारोबार भन्दा १० प्रतिशतले धेरै हो ।
त्यस्तै आज भूगोल इनर्जीको सेयर मूल्य ९.९९ प्रतिशत अर्थात् ७४ रुपैयाँ ३० पैसाले बढेर ८१७ रुपैयाँ ९० पैसा पुगेको छ । त्यस्तै आज धेरै मूल्य बढ्ने शीर्ष पाँच कम्पनीमा एनआइबिएल ग्रोथ फण्ड र सान्जेन जलविद्युत्त कम्पनी लिमिटेड रहेको छ । आज एनआइबिएल ग्रोथ फण्डको सेयर मूल्इ ०.३४ रुपैयाँले बढेर ८ रुपैयाँ ९९ पैसा पुगेको छ । यो अघिल्लो कारोबार भन्दा ३.९३ प्रतिशतले धेरै हो । त्यस्तै सान्जेन जलविद्युतको सेयर मूल्य पनि आज ३.७० प्रतिशत अर्थात् १३ रुपैयाँले बढेर ३६४ रुपैयाँ पुगेको छ ।
दुई कम्पनीमा नकारात्मक सर्किट
आइतबार सेयर बजार उच्च अंकले घटेर कारोबार बन्द भयो । ४६ अंकले बजार घटेको दिन २१७ कम्पनीको सेयर मूल्य घटेको थियो । त्यसमध्ये उपकार लघुवित्त र सिन्धु विकास बैंकको सेयर मूल्यमा भने नकारात्म सर्किट लागेर कारोबार भएको हो ।
आज उपकार लघुवित्तको सेयर मूल्य ४६३ रुपैयाँले घटेर ४ हजार १६७ रुपैयाँ पुगेको छ । यो अघिल्लो कारोबार भन्दा १० प्रतिशतले कम हो । त्यस्तै सिन्धु विकास बैंकको सेयर मूल्य पनि आज १० प्रतिशत अर्थात् १२५ रुपैयाँ ९० पैसाले घटेर १ हजार १३३ रुपैयाँ १० पैसा पुगेको छ ।
त्यस्तै आज धेरै मूल्य घट्ने शीर्ष पाँच कम्पनीमा राप्ती हाइड्रो एण्ड जनरल, समाज लघुवित्त र लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) (एलआइसी) रहेका छन् । आज राप्ती हाइड्रोको सेयर मूल्य ६९ रुपैयाँले घटेर ६३० रुपैयाँ पुगेको छ । यो अघिल्लो कारोबार दिनभन्दा ९.७८ प्रतिशतले कम हो ।
त्यस्तै आज समाज लघुवित्तको सेयर मूल्य २१६ रुपैयाँले घटेर २ हजार ७५० रुपैयाँ पुगेको छ । जुन अघिल्लो कारोबार भन्दा ७.२८ प्रतिशतले कम हो । त्यस्तै एलआइसी नेपालको सेयर मूल्य ५.५१ प्रतिशत अर्थात् ६५ रुपैयाँले घटेर १ हजार ११५ रुपैयाँ पुगेको छ ।