काठमाडौं । साताको सेयर कारोबार हुने दोस्रो दिन नेप्से परिसूचक दोहोरो अंकले घटेर कारोबार भएको छ । अघिल्लो दिन २ प्रतिशतभन्दा बढीले बढेको बजार आज १३ दशमलव ६२ अंकले घटेर बन्द भएको हो ।
आजको कारोबार बन्द हुँदा नेप्से परिसूचक २८७६ दशमलव ६६ विन्दुमा पुगेको छ। कारोबार खुल्नेबित्तिकै उच्च अंकले बढेको बजार अन्तिममा आएर घटेर बन्द भएको हो । साेमबारको कारोबार समयमा परिसूचक २९२९ विन्दुसम्म पुगेको थियो ।
साेमबार सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये ५१ कम्पनीको सेयर मूल्य बढेको छ भने १८७ कम्पनीको सेयर मूल्य भने घटेको छ । त्यस्तै ६ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ । त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ३ दशमलव ७१ अंकले घटेर ४८० दशमलव ५९ विन्दुमा पुगेको छ । आज १३ उपसूचकमध्ये ५ वटा उपसूचकको सेयर मूल्य मात्रै बढेको छ भने ८ वटाको घटेको छ ।
परिसूचक दोहोरो अंकले घटे पनि कारोबार रकममा भने सामान्य सुधार देखिएको छ । अघिल्लो दिन १४ अर्ब २५ करोड माथिको कारोबार भएको बजारमा आज १४ अर्ब २८ करोड ४५ लाख १० हजार ५९५ रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज सेयर बजारमा ३०० कम्पनीका ३ करोड १२ लाख ४१ हजार २५८ कित्ता सेयर १ लाख ३९ हजार ५५५ पटक खरिद बिक्री हुँदा उक्त कारोबार भएको हो । आज सेयर बजारमा एक कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने एक कम्पनीमा नकारात्मक सर्किट लागेर कारोबार भएको छ ।
गार्डियन माइक्रो लाइफको सेयर मूल्यमा सकारात्मक सर्किट
सोमबार सेयर बजार परिसूचक दोहोरो अंकले घटेर कारोबार बन्द हुँदा एउटा कम्पनीको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेर कारोबार भएको छ । आजको करोबार बन्द हुँदा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको हो ।
आज यो कम्पनीको सेयर मूल्य ११४ रुपैयाँ २० पैसाले बढेर १ हजार २५६ रुपैयाँ ४० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा १० प्रतिशतले बढी हो । यो कम्पनीको सेयर मूल्य दोस्रो बजारमा कारोबारमा आएदेखि लगातार रुपमा सकारात्मक सर्किटका साथ कारोबार भइरहेको छ ।
त्यस्तै आज धेरै मूल्य बढ्ने शीर्ष पाँच कम्पनीमा दिव्यश्वरी हाइड्रोपावर, सिन्धु विकास बैंक, हिमालयन रि इन्स्योरेन्स लिमिटेड र मुक्तिनाथ म्युच्युअल फण्ड १ रहेका छन् । आजको कारोबार बन्द हुँदा दिव्यश्वरी हाइड्रोको सेयर मूल्इ ३६ रुपैयाँले बढेर ४१७ रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा ९.४५ प्रतिशतले बढी हो ।
आजको कारोबार बन्द हुन्दा सिन्धु विकास बैंकको सेयर मूल्य ७.८५ प्रतिशत अर्थात् ९९ रुपैयाँ ७० पैसाले बढेर १ हजार ३७० रुपैयाँ पुगेको छ । आज हिमालयन रिको सेयर मूल्य ७३ रुपैयाँ ९० पैसाले बढेर १ हजार ९३ रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा ७.२५ प्रतिशतले बढी हो । मुक्तिनाथ म्युच्युअल फण्ड १ को सेयर मूल्य ६.४७ प्रतिशत अर्थात् ०.६० रुपैयाँले बढेर ९ रुपैयाँ ८७ पैसा पुगेको छ ।
एक कम्पनीमा नकारात्मक सर्किट
सोमबार सेयर बजार दोहोरो अंकले घटेर बन्द हुँदा एक कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेर कारोबार बन्द भएको छ । १८७ कम्पनीको सेयर मूल्य घटेको दिन समाज लघुवित्तको सेयर मूल्यमा नकारात्मक सर्किट लागेर कारोबार बन्द भएको हो ।
यो कम्पनीको सेयर मूल्य ३१८ रुपैयाँ ५० पैसाले घटेर २ हजार ८६६ रुपैयाँ ६० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा १० प्रतिशतले कम हो । त्यस्तै आज धेरै मूल्य घट्ने शीर्ष पाँच कम्पनीमा उपकार लघुवित्त, बाराही हाइड्रोपावर पब्लिक लिमिटेड, सपोर्ट माइक्रो फाइनान्स वित्तीय संस्था र भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी रहेका छन् । आज उपकार लघु वित्तको सेयर मूल्य ३६० रुपैयाँले घटेर ४ हजार ६३८ रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा ७.२४ प्रतिशतले कम हो ।
त्यस्तै आज बाराही हाइड्रोपावरको सेयर मूल्य पनि ६.७७ प्रतिशत अर्थात् ७२ रुपैयाँले घटेर ९९१ रुपैयाँ पुगको छ । त्यस्तै सपोर्ट मइक्रो फाइनान्सको सेयर मूल्य पनि आज २१० रुपैयाँले घटेर २ हजार ९७० रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा ६.६० प्रतिशतले कम हो । भूगोल इनर्जीको सेयर मूल्य आज ६.४२ प्रतिशत अर्थात् ४९ रुपैयाँले घटेर ७१४ रुपैयाँ पुगेको छ ।