काठमाडौं । यो साता नेपाली बजारमा सुनको मूल्यले ऐतिहासिक रेकर्ड कायम गरेको छ । यो साताको मंगलबार सुनको मूल्य हालसम्मकै उच्च १ लाख ७१ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
यो साता समग्रमा सुनको मूल्य २ हजार २०० रुपैयाँले घटेको छ ।यो साताको पहिलो दिन सुनको मूल्य तोलामा १ लाख ७० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो भने शुक्रबार १ लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भएको छ । त्यस्तै साताको दोस्रो कारोबार दिन सोमबार सुन प्रतितोला १ लाख ७० हजार ८०० रूपैयाँमा कारोबार भएको थियो । मंगलबार १ लाख ७१ हजार ३०० रूपैयाँ पुग्यो । यो नेपाली बजारमा अहिलेसम्मकै उच्च मूल्य हो । बुधबार भने सुनको मूल्य कीर्तिमानबाट केही सस्तो भएर १ लाख ७० हजार ५०० रूपैयाँ किनबेच भएको थियो । सुनको मूल्य बिहीबार पनि घटेर १ लाख ७० हजार ३०० रूपैयाँमा झर्याे । शुक्रबार भने सुन तोलाको १ लाख ६८ हजार १०० रूपैयाँमा कारोबार भयो ।
यो साता नेपाली बजारमा चाँदीको मुल्य पनि घटेको छ । साताको पहिलो दिन, आइतबार तोलामा एक हजार ९७० रूपैयाँ रहेको मूल्य साताको पछिल्लो कारोबार भएको दिन शुक्रबार प्रतितोला एक हजार ९१५ रूपैयाँ कायम भयो । यसरी, साताभरमा चाँदी तोलामा ५५ रूपैयाँले घटेको हो ।