सातामा सेयर बजार साढे २ प्रतिशत बढ्यो 

काठमाडौं । यो साता नेप्से परिसूचक साढे २ प्रतिशत बढेर बन्द भएको छ । गत साता २७४३ दशमलव ७४ विन्दुमा बन्द भएको नेप्से, यस साता २.६० प्रतिशत अर्थात ७१ दशमलव ३० अंक बढेर २८१५ दशमलव ०४ विन्दुमा पुगेको छ ।

यस साता ४ कारोबार दिनका लागि बजार खुलेको थियो जसमध्ये चारै कारोबार दिन नेप्से बढेर बन्द भएको थियो । यस साता सेन्सेटिभ इण्डेक्स ११ दशमलव ८४ अंक बढेको छ भने फ्लोट इण्डेक्स ४.६० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३ दशमलव ८५ अंक बढेको छ । नेप्सेसँगै यस साता कारोबार रकम पनि बढेको छ । गत साता दैनिक औषतमा ९ अर्ब ६५ करोडको सेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा १० अर्ब ९८ करोडको सेयर किनबेच भएको छ। गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम १३.८७ प्रतिशत बढेको हो । यस साता दैनिक औषत सेयर संख्या १८.८७ प्रतिशत बढेको छ भने दैनिक औषत कारोबार संख्या १८.४४ प्रतिशत बढेको छ।

यस साता नेप्सेको कुल बजार पुँजीकरण २.६४ प्रतिशत बढेको छ । गत साताको अन्तिम कारोबार दिन ४५ खर्ब ५४ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पुँजीकरण, यस साता १ खर्ब १९ अर्ब रुपैयाँ बढेर ४६ खर्ब ७४ अर्ब रुपैयाँ पुगेको छ । यो साता १३ उपसमूहमध्ये ८ उपसमूहको परिसूचक बढेको छ भने ५ उपसमूहको परिसूचक घटेको छ । यस साता अन्य उपसमूहको परिसूचक सर्वाधिक १०.५१ प्रतिशत बढेको छ। गत साता २२३९ दशमलव ४५ विन्दुमा बन्द भएको सो उपसमूहको परिसूचक, यस साता २३५ दशमलव ४२ अंक बढेर २४७४ दशमलव ८७ विन्दुमा पुगेको छ।

अंकका आधारमा भने यस साता उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक ४८८ दशमलव ८१ अंक बढेको छ। गत साता ६९७५ दशमलव ९० विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता ७.०१ प्रतिशत बढेर ७४६४ दशमलव ७१ विन्दुमा पुगेको छ।
यस साता व्यापार उपसमूहको परिसूचक सर्वाधिक २.९१ प्रतिशत घटेको छ । गत साता ४४२१ दशमलव ९८ विन्दुमा रहेको यस उपसमूहको परिसूचक, यस साता १२८ दशमलव ५१ अंक घटेर ४२९३ दशमलव ४७ विन्दुमा झरेको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार