आवश्यकता र औचित्यपूर्ण आयोजनाहरुलाई प्राथमिकता दिने मन्त्री दहालको प्रतिबद्धता

नुवाकोट । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले आगामी बजेटमा आवश्यकता र औचित्यपूर्ण आयोजनाहरु लाई प्राथमिकता दिने बताएका छन् । अंतरदेशिय पहुंच स्थापति गर्ने, बढ़ी जनसंख्यालाई लाभ हुने, गाऊ र शहर जोड़ने तथा उत्पादन र बजारलाई जोड़ने योजना तथा आयोजनहरू प्राथमिकतामा रहने उनले बताएका हुन् ।

शुक्रवार नुवाकोटमा एकै दिन दूई ओटा मोटरेबल पुलकों उद्घाटन पछि विदुर नगरपालिकाको त्रिशूली बजारमा आयोजित कार्यक्रममा उनले योजना माग गर्ने चरणमा पनि प्राथमिकताका आधारमा माग गर्न आग्रह गरे । निर्माण कार्यमा हुने ढीलासुस्ती र गुणस्तरहिनता मान्य नहुने उल्लेख गर्दै मन्त्री दहालले तीनै तहका सरकार र नागरिकको सहकार्यलेनै समृद्धिको यात्रा अघी बढ़ाउन सकिने बताए ।

गल्छि–मैलूं–श्याफ्रूवेशी सड़क, पासांगल्यामू राजमार्ग, मध्य पहाड़ी राजमार्ग जस्ता दीर्घकालीन महत्वका योजना सरकारको उच्च प्राथमिकतामा रहेको जानउदै उनले अहिले देश भरीनै तीव्र गतिमा निर्माण कार्य भई रहेको बताए । अहिलेको सरकार काम गर्न र समृद्धिको यात्रा अघी बढ़ाउन गठन भएको जानाउदै उनले अहिलेको सरकारलाई काम नगर्न छुट नभएको बताए ।

विकाशलाई समृद्धिसँग जोड़ेर लेजान जरूरी रहेको बताएका दहालले विकासकों प्रभाव नागरिकको जीवनमा देखिनु पर्नेमा जोड़ दिए । कार्यक्रममा मन्त्रालयका सचिव केशवकुमार शर्मा, सड़क विभागका महानिर्देशक रामहरि पोखरेल, पुल महाशाखा प्रमुख ललीजन खनाल लगायतका अधिकारीहरूको सहभागिता रहेको थियो ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार