काठमाडौं । साताको सेयर कारोबार हुने अन्तिम दिन नेप्से परिसूचक उच्च अंकले बढेर बन्द भएको छ । बिहीबारको कारोबार बन्द हुँदा सेयर बजार परिसूचक ४९ दशमलव १५ अंकले बढेको हो ।
आजको कारोबार बन्द हुँदा सेयर बजार परिसूचक २८१५ दशमलव ०४ विन्दुमा पुगेको छ । यो अघिल्लो दिनको भन्दा १.७७ प्रतिशतले धेरै हो । आज सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये १८६ कम्पनीको सेयर मूल्य बढेको छ भने ५२ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै ६ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ । त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि २.१२ प्रतिशत अर्थात् ९ दशमलव ७५ अबंकले बढेर ४६९ दशमलव ८२ विन्दुमा पुगेको छ । आज सेयर बजारमा सबै १३ उपसूचकको सेयर मूल्य नै बढेर कारोबार भएको छ ।
आज परिसूचकसँगै कारोबार रकममा पनिव वृद्धि भएको छ । आज सेयर बजारमा ११ अर्ब भन्दा माथिको कारोबार भएको छ । अघिल्लो कारोबार दिन भने ९ अर्ब ९० करोड बढीको कारोबार भएको थियो । आज सेयर बजारमा ३०० कम्पनीका २ करोड ६१ लाख ९९ हजार ७८० कित्ता सेयर १ लाख १२ हजार ३२ पटक खरिल बिक्री हुँदा ११ अर्ब ३९ करोड २४ लाख १ हजार ८१५ रुपैयाँको कारोबार भएको छ ।
आज सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये ५ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार बन्द भएको छ ।
पाँच कम्पनीमा सकारात्मक सर्किट
बिहीबार सेयर बजार उच्च अंकले बढेर कारोबार बन्द भएको छ । सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये १८६ कम्पनीको सेयर मूल्य बढेको दिन ५ कम्पनीमा सकारात्मक सर्किट लागेर कारोबार भएको हो ।
आज सेयर बजारमा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स, अपर हेवाखोला हाइड्रोपावर, सिन्धु विकास बैंक, दोर्दी खोला जलविद्युत कम्पनी र लिबर्टि इनर्जी कम्पनी रहेका छन् । आजको कारोबार बन्द हुँदा गार्डियन माइक्रो लाइफको सेयर मूल्य ९४ रुपैयाँ ४० पैसाले बढेर १ हजार ३८ रुपैयाँ ४० पैसा पुगेको छ । यो अघिल्लो कारोबार भन्दा १० प्रतिशतले बढी हो ।
त्यस्तै आजको कारोबार बन्द हुँदा अपर हेवाखोलाको सेयर मूल्य पनि १० प्रतिशत अर्थात् ९० रुपैयाँ ३० पैसाले बढेर ९९३ रुपैयाँ ३० पैसा पुगेको छ । त्यस्तै सिन्धु विकास बैंकको सेयर मूल्य १०४ रुपैयाँ ९० पैसाले बढेर १ हजार १५४ रुपैयाँ ९० पैसा पुगेको छ । यो अघिल्लो कारोबार भन्दा ९.९९ प्रतिशतले धेरै हो ।
आज दोर्दी खोला जलविद्युतको सेयर मूल्य पनि ९.९९ प्रतिशत आर्थात् ३४ रुपैयाँ ९० पैसाले बढेर ३८४ रुपैयाँ ४० पैसा पुगेको छ । त्यस्तै आज लिबर्टी इनर्जीको सेयर मूल्य २० रुपैयाँ ४० पैसाले बढेर २२५ रुपैयाँ ३० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ९.९६ प्रतिशतले धेरै हो ।
आज धेरै मूल्य घट्ने शीर्ष पाँच कम्पनी
बिहीबारको सेयर कारोबार बन्द हुन्दा नेप्से परिसूचक करिब ५० अंकले बढेर कारोबार भएको छ । सेयर बजारमा उच्च अंकले बढेको दिन पनि ५२ कम्पनीको सेयर मूल्य घटेको छ ।
आज धेरै मूल्य घट्ने शीर्ष पाँच कम्पनीमा भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी, उपकार लघुवित्त, आइएमई लाइफ इन्स्योरेन्स, ग्रिन डेभलपमेन्ट बैंक र छ्याङ्दी हाइड्रोपावर रहेका छन् । आजको कारोबार बन्द हुन्दा सबै भन्दा धेरै मूल्य घट्ने कम्पनीमा भूगोल इनर्जी रहेको छ । यो कम्पनीको सेयर मूल्य अघिल्लो कारोबार भन्दा ७.१७ प्रतिशत अर्थात् ६१ रुपैयाँले घटेर ७९० रुपैयाँ पुगेको छ ।
त्यस्तै आज उपकार लघुवित्तको सेयर मूल्य पनि ३१७ रुपैयाँ ४० पैसाले घटेर ४ हजार ७६० रुपैयाँ पुगेको छ । यो अघिल्लो कारोबार भन्दा ६.२५ प्रतिशतले कम हो । बिहीबार आइएमई लाइफको सेयर मूल्इ पनि ४.१६ प्रतिशत अर्थात् २१ रुपैयाँ ९० पैसाले घटेर ५०४ रुपैयाँ १० पैसा पुगेको छ । त्यस्तै ग्रिन डेभलपमेन्ट बैंकको सेयर मूल्इ ५१ रुपैयाँले घटेर १ हजार ३३० रुपैयाँ पुगेको छ । यो अघिल्लो कारोबार भन्दा ३.६९ प्रतिशतले कम हो । छ्याङ्दी हाइड्रोपावरको सेयर मूल्य पनि आज ३.४५ प्रतिशत अर्थात् १९ रुपैयाँले घटेर ५३२ रुपैयाँ पुगेको छ ।