नेपाल माइक्रो आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको आईपीओमा आवेदन दिन आज अन्तिमम दिन रहेको छ । कम्पनीले यही फागुन ११ गतेदेखि बिक्री खुल्ला गरेको आईपीओमा आज कार्यालय समयभित्र मात्रै आवेदन दिन सकिने छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँमा जम्मा २२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएको थियो । जसमध्ये २ लाख २५ हजार कित्ता वैदशिक रोजगारीमा रहेका नेपालीहरूलाई, ६७ हजार ५०० कित्ता कम्पनीका कर्मचारीहरूलाई र १ लाख १२ हजार कित्ता सामूहिक लगानी कोषहरूलाई बाँडफाँड गरिसकेको छ ।

यसरी कम्पनीले बाँकी रहेको १८ लाख ४५ हजार कित्ता सर्वसाधारणका लागि निष्कासन गरिरहेको हो । यसमा आज बैंकिङ्ग समयसम्म मात्र आवेदन दिन सकिनेछ। आवेदन दिँदा घटीमा १० कित्ता र बढीमा १ लाख कित्तासम्म माग गर्न सकिने व्यवस्था रहेको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार