काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना साधारणसभाको मिति घोषणा गरेको छ । कम्पनीको फागनु १३ गते बसेको सञ्चालक समितिको बैठकले चैत १० गते आइतबारका लागि साधारणसभाको मिति घोषणा गरेको हो ।
कम्पनीको छैठौं वार्षिक साधारणसभा पर्वतको रोयल कुश्मा रिसोर्टमा बिहान साढे ११ बजे सभा बस्ने निर्णय गरेको हो । सभामा हाल कायम चुक्ता पुँजीको १४.२५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.७५ प्रतिशत नगद लाभांश बाड्ने प्रस्ताव पारितका लागि पेश गरिनेछ । त्यसैगरी गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन लगायतका वित्तीय विवरणहरू पारित गरी चालु आवको लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारणको विषय पनि सभाले टुङ्ग्याउनेछ ।
साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले फागुन २८ गते बुक क्लोज गर्ने जनाएको छ । बुक क्लोजको आधारमा फागुन २७ गतेसम्म कायम सेयरधनी मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।