नेप्से परिसूचक सामान्य अंकले बढ्यो, कारोबार रकम ९ अर्ब ९० कराेड

काठमाडौं । मंगलबार सेयर बजार परिसूचक एकले अंकले बढेर बन्द भएको छ । आजको कारोबार बन्द हुँदा नेप्से परिसूचक ७ दशमलव १३ अंकले घटेर बन्द भएको हो ।

आजको कारोबार बन्द हुँदा नेप्से परिसूचक २७६५ दशमलव ८८ विन्दुमा पुगेको छ । यो सातामा सेयर बजार लगातार तेस्रो दिन पनि बढेर बन्द भएको हो । आज सेयर बजारमा १०४ कम्पनीको सेयर मूल्य बढेको छ भने १३२ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै ९ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।

आजको कारोबार बन्द हुँदा ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ० दशमलव ८१ अंकले बढेर ४६० दशमलव ०६ विन्दुमा पुगेको छ । आज १३ उपसूचकमध्ये ६ उपसूचको सेयर मूल्य घटेको छ भने ७ उपसूचकको सेयर मूल्य बढेको छ ।

नेप्से परिसूचक बढेको दिन कारोबार रकममा भने करिब २ अर्बको गिरावट आएको छ । अघिल्लो दिन ११ अर्ब भन्दा माथिको कारोबार भएको बजारमा आज ९ अर्ब ९० कराड ९३ लाख ८६ हजार २२७ रुपैयाँको कारोबार भएको छ । आज सेयर बजारमा ३१२ कम्पनीका १ करोड ७८ लाख ६५ हजार ७०३ कित्ता सेयर ९७ हजार ५६२ पटक खरिद बिक्री हुँदा उक्त रकम बराबरको कारोबार भएको छ ।

आज सेयर बजारमा दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज गार्डियन माइक्रो लाइफ र नेपाल ल्यूब आयलको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार बन्द भएको छ ।

दुई कम्पनीमा सकारात्मक सर्किट

मंगलबार सेयर बजारमा सामान्य अंकले बढेर बन्द भएको छ । कारोबार भएका कम्पनीमध्ये १०४ कम्पनीको सेयर मूल्य बढेको दिन दुई कम्पनीको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेर कारोबार भएको हो ।आज सेयर बजारमा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स र ल्यूब आयल लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो । आजको कारोबार बन्द हुँदा गार्डियन माइक्रो लाइफको सेयर मूल्य ८५ रुपैयाँ ८० पैसाले बढेर ९४४ रुपैयाँ पुगेको हो । यो अघिल्लो दिनको भन्दा १० प्रतिशतले धेरै हो । त्यस्तै आज ल्यूब आयलको सेयर मूल्य पनि ९.९७ प्रतिशत अर्थात् २५ रुपैयाँ १० पैसाले बढेर २७६ रुपैयाँ ९० पैसा पुगेको छ ।

त्यस्तै आज धेरै मूल्य बढ्ने शीर्ष पाँच कम्पनीहरुमा सपोर्ट मइक्रो फाइनान्स वित्तीय संस्था, भूगोल इनर्जि डेभलपमेन्ट कम्पनी र नेपाल रि इन्स्योरेन्स कम्पनी रहेका छन् । आज सपोर्ट माइक्रो फाइनान्सको सेयर मूल्य २५५ रुपैयाँ ९० पैसाले बढेर ३ हजार १११ रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा ८.९६ प्रतिशतले बढी हो ।

त्यस्तै भूगोल इनर्जिको सेयर मूल्य पनि ६६ रुपैयाँले बढेर ८५१ रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा ८.४१ प्रतिशतले बढी हो । त्यस्तै नेपाल रि इन्स्योरेन्सको सेयर मूल्य पनि आज ६.२८ प्रतिशत अर्थात् ७७ रुपैयाँले बढेर १ हजार २०४ रुपैयाँ पुगेको छ ।

विन नेपाल लघुवित्तको सेयर मूल्यमा धेरै गिरावट

मंगलबार सेयर बजार सामान्य बढेको दिन विन नेपाल लघुवित्तको सेयर मूल्य सबै भन्दा धेरैले घटेको छ । आजको कारोबार बन्द हुँदा १३२ कम्पनीको सेयर मूल्य घटेको दिन विन नेपाल लघुवित्तको सेयर मूल्य ८.९७ प्रतिशतले घटेको हो ।

आज यो कम्पनीको सेयर मूल्य ३३९ रुपैयाँ १० पैसाले घटेर ३ हजार ४४० रुपैयाँ पुगेको छ । त्यस्तै आज धेरै मूल्य घट्ने कम्पनीमा राप्ती हाइड्रो एण्ड जनरल लिमिटेड रहेको छ । यो कम्पनीको सेयर मूल्य पनि आज ४७ रुपैयाँ १० पैसाले घटेर ६५७ रुपैयाँ ९० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ६.६८ प्रतिशतले घटेको हो ।

आज रिलायन्स फाइनान्सको सेयर मूल्य पनि ४.६१ प्रतिशत अर्थात् २९ रुपैयाँले घटेर ६०० रुपैयाँ पुगेको छ । त्यस्तै छ्याङ्दी हाइड्रोपावरको सेयर मूल्य पनि आज ४.१७ प्रतिशत अर्थात् २४ रुपैयाँले घटेर ५५१ रुपैयाँ पुगेको छ । मंगलबार बोटलर्स नेपाल बालाजुको सेयर मूल्य पनि ७५० रुपैयाँले घटेर १७ हजार ८०० रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा ४.०४ प्रतिशतले कम हो ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार