काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । यो कम्पनीले पुस १५ गते बुक क्लोज गर्ने भएको छ र भोलि १४ गते सार्वजनिक बिदा परेकारले आजसम्म नेप्सेमा कारोबार गरेकाहरुले मात्रै लाभांश प्राप्त गर्न सक्नेछन् ।
कम्पनीले गत आवको मुनाफाबाट चुक्ता पुँजीको ८.७५ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव गरेको छ । प्रस्तावित लाभांश पारितका लागि फागुन २७ गते काठमाडौंको शंखमूलस्थित अनमोल ब्याङ्क्वेटमा बिहान ११ बजे साधारणसभा बस्दैछ ।