काठमाडौं । मंगलबार बिहान बंगालको खाडी केन्द्रबिन्दु भएर भूकम्प गएको छ । भारतीय सञ्चारमाध्यमहरुका अनुसार भूकम्पको तीव्रता ५.१ रिक्टरस्कल मापन गरिएको छ ।
समाचारअनुसार कोलकातासहित भारतका विभिन्न स्थानमा भूकम्पको धक्का महसुस भएको थियो ।
भारतीय राष्ट्रिय भूकम्प विज्ञान केन्द्रका अनुसार भूकम्पको केन्द्रबिन्दु बंगालको खाडीमा ९१ किलोमिटर गहिराइमा थियो ।