काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले २ लाख भन्दा बढी संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक समूहको २ लाख १७ हजार ७१४ कित्ता सेयर बिक्रीमा राखेको हो ।
कम्पनीले उक्त सेयर संस्थापक व्यक्ति वा संघसंस्थाले किन्न पाउने गरी बिक्रीमा राखेको हो । बिक्रीमा राखिएको सेयरको प्रतिकित्ता न्यूनतम मूल्य २८० रुपैयाँ तोकिएको छ । इच्छुक खरिदकर्ताले आगामी ३५ दिनभित्र काठमाडौंको ज्ञानेश्वरस्थित कम्पनीको केन्द्रीय कार्यालयमा व्यहोरा खुलाई निवेदन दिनु पर्नेछ ।