सातामा करिब साढे २ प्रतिशत बढ्यो नेप्से, कुन उपसमूहको परिसूचक कति बढ्यो ?

काठमाडौं । यो साता नेप्से परिसूचक करिब साढे २ प्रतिशत बढेर बन्द भएको छ । गत साता २६७८ दशमलव ४७ विन्दुमा बन्द भएको नेप्से, यस साता २.४४ प्रतिशत अर्थात ६५ दशमलव २७ अंक बढेर २७४३ दशमलव ७४ विन्दुमा पुगेको हो । यस साता ४ कारोबार दिनका लागि बजार खुलेको थियो जसमध्ये चारै कारोबार दिन नेप्से बढेर बन्द भएको थियो । यस साता सेन्सेटिभ इण्डेक्स ८.१० अंक बढेको छ भने फ्लोट इण्डेक्स ४.१६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.५४ अंक बढेको छ । नेप्सेसँगै यस साता कारोबार रकम पनि बढेको छ ।

गत साता दैनिक औषतमा ७ अर्ब ८५ करोडको सेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा ९ अर्ब ६५ करोडको सेयर किनबेच भएको छ । गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम २२.९० प्रतिशत बढेको हो । यस साता दैनिक औषत शेयर संख्या २०.४९ प्रतिशत बढेको छ भने दैनिक औषत कारोबार संख्या २२.४६ प्रतिशत बढेको छ ।

यस साता नेप्सेको कुल बजार पुँजीकरण २.४४ प्रतिशत बढेको छ । गत साताको अन्तिम कारोबार दिन ४४ खर्ब ४६ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पुँजीकरण, यस साता १ खर्ब ८ अर्ब रुपैयाँ बढेर ४५ खर्ब ५४ अर्ब रुपैयाँ पुगेको छ । १३ उपसमूहमध्ये यस साता १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ । यस साता अन्य उपसमूहको परिसूचक सर्वाधिक ७.२४ प्रतिशत बढेको छ । गत साता २०८८ दशमलव २२ विन्दुमा बन्द भएको सो उपसमूहको परिसूचक, यस साता १५१ दशमलव २३ अंक बढेर २२३९ दशमलव ४५ विन्दुमा पुगेको छ ।

अंकका आधारमा भने यस साता जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक १३,०१९ मा अन्तिम कारोबार भएको यस उपसमूहको परिसूचक, यस साता ७२२ दशमलव ८२ अंक बढेर १३७४२ दशमलव २७ विन्दुमा पुगेको छ । यस साता विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक १.८५ प्रतिशत घटेको छ । गत साता ५७९१.४५ विन्दुमा रहेको यस उपसमूहको परिसूचक, यस साता १०७ दशमलव १४ अंक घटेर ५६८४ दशमलव ३१ विन्दुमा झरेको छ ।

 

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार