च्याम्पियन्स ट्रफीमा भारतको विजयी शुरूवात

काठमाडौं । च्याम्पियन्स ट्रफीमा भारतले विजयी शुरूवात गरेको छ । बिहीबार यूएईमा भएको खेलमा उपाधिको दोवेदार टोलि भारतले बङ्गलादेशलाई ६ विकेटले हराउँदै विजयी शुरूवात गरेको हो ।

बंगलादेशले दिएको २२९ रनको सामान्य लक्ष्य पछ्याएको भारतले ४६ ओभर ३ बलमा ४ विकेट गुमाउँदै २३१ रन बनायो । भारतका शुभमन गिलको नटआउट शतकसँगै केएल राहुलले नटआउट ४१ रन बनाए । बङ्गलादेशका रशिद हुसेनले २, तस्कीन अहमद, मुस्तफिजुर रहमानले समान १–१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको बङ्गलादेश ४९ ओभर ४ बलमा सबै विकेट गुमाएर २ सय २८ रन बनाएको थियो । बङ्गलादेशका तौहीद हृदोयले शतक बनाए । यस्तै जसले अलीले ६८ रन बनाए । भारतका मोहम्मद शमीले ५ , हर्षित राणाले ३ र अक्षर पटेलले २ विकेट लिए ।

 

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार