



काठमाडौं । हाल देशको पश्चिमी वायुको साथै पश्चिमी न्यून चापीय प्रणालीको आंशक प्रभाव रहेको छ । कोशी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाद्वारा आज बिहान जारी मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।
साथै बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ भने तराईका भू–भागका केही स्थानहरूमा हुस्सु/कुहिरो लागेको छ । बुलेटिनमा आज दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने उल्लेखछ ।
कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । कोशी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरू तथा बागमती प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ ।
साथै तराईका केही भू–भागहरुमा हुस्सु÷कुहिरो लाग्ने हुनाले यसको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक उपाय तथा सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।
समाचार
पर्यटन प्रवर्द्धनका लागि नयाँ पदमार्ग निर्माणमा ‘टान’
माल्दिभ्सका विद्यार्थी नेपालमा चिकित्सा शिक्षा अध्ययन गराउन द्विपक्षीय सम्झौताको तयारी
भोलि उपभोक्ता अदालत उद्घाटन हुँदै, उपभोक्ताका समस्या समाधान गर्ने सरोकारवालको विश्वास
फूल मेलामा रमाइरहेका ‘फूलप्रेमी’
अमेरिकी विमानमा अवतरणका क्रममा इन्जिनमा आगलागी हुँदा १२ जना घाइते
हल गोरु पाल्ने किसानलाई पालिकाको अनुदान
स्वास्थ्य सेवा विभागका महानिर्देशक र स्वास्थ्य बीमा बोर्डका निर्देशकको पदबहाली
नमोबुद्धमा पर्यटक सूचना केन्द्र स्थापना
विद्युत् नियमन आयोगका सदस्य भट्टराईद्वारा शपथ
ज्याठाबहल गुम्बामा वार्षिक काङ्ग्युर पाठ समारोह आयोजना हुने