विभिन्न कार्यक्रमका साथ ग्याल्पो लोसार मनाइने

काठमाडौं । हिमाली बौद्ध धर्मावलम्बीहरुको राष्ट्रिय चाँड तथा नयाँ वर्ष “२१५२ औं स्यिङ मो डुल् लो” ग्याल्पो लोसार कार्यक्रम विभिन्न कार्यक्रमको आयोजना गरेर मनाइने भएको छ । उक्त कार्यक्रममा विभिन्न संस्कृतिक कार्यक्रममा साथै ख्याति प्राप्त कलाकारहरुको प्रस्तुति रहने आयोजकले जनाएको छ ।

उक्त कार्यक्रममा डिजे छेवाङको प्रस्तुति समेत रहने आयोजकले जनाएको छ । कार्यक्रममा नेपालमा रहेका विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, विभिन्न कार्य क्षेत्रमा कार्यरत सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुमा उक्त कार्यक्रममा उपस्थित हुनु आयोजकले अनुरोध समेत गरेको छ । कार्यक्रम फागु १८ गते आइतबार बौद्ध हेरिटेज पिपलबोटमा बिहान ११ बजेदेखि सुरु हुने शेर्पा पर्यटन व्यवसायी संघ नेपालका अध्यक्ष पेम्बा शेर्पा (संगमले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार