काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले देशका विभिन्न शाखा कार्यालयको लागि शाखा प्रमुख पदमा कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना जारी गर्दैै ओखलढुङ्गा, पथरी, बर्दिबास, विरगञ्ज, सिमरा, पाटन, चापागाँउ, भैंसिपाटी, कालिमाटी, कालिमाटी, स्वयम्भु, थानकोट, लमही, गलकोट र बेसीसहर लगायतका शाखा कार्यालयमा कर्मचारी माग गरको हो ।
कम्पनीले उक्त शाखा कार्यालयको लागि दक्ष तथा अनुभवी शाखा प्रमुख आवश्यक भएकोले योग्यता पुगेका नेपाली नागरिकलाई आवेदन अनुरोध गरेको छ । इच्छुक उम्मेदवारले आवश्यक विवरण उल्लेख गरी आफुलाई पायकपर्ने शाखा कार्यालय उल्लेख गरी कम्पनीको इमेल मार्फत आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।
