काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको अवधिमा प्रभु इन्स्योरेन्सको नाफा बढेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको नाफा १०.५३ प्रतिशतले बढेको हो ।
चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा यो कम्पनीको नाफा १२ करोड ४९ हजार रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा कम्पनीको यस्तो नाफा १० करोड ८६ लाख रुपैयाँ रहेको थियो । समीक्षा अवधीमा कम्पनीले ६७ करोड ३५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ । गत आवको सोही अवधिमा यस्तो शुल्क आजर्न ९० करोड ६१ लाख रुपैयाँ रहेको थियो ।
कुल बीमा शुल्क आम्दानी मध्ये अन्य बीमा शुल्क पुनर्बीमामा पठाएर २८ करोड २५ लाख रुपैयाँ खुद बीमाशुल्कको रुपमा धारण गरेको छ । कम्पनीको प्रतिसेयर आम्दानी १६ रुपैयाँ ६६ पैसा रहेको छ । पीई रेसियो ६४ गुणा रहेको छ । प्रतिसेयर नेटवर्थ २२६ रुपैयाँ रहेको छ । सोल्भेनसी रेसियो १.९४ रहेको छ ।