काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको अवस्थानमा नेको इन्स्योरेन्सले नाफामा गिरावट दखिएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार नाफा २९.४८ प्रतिशतले घटेको हो ।
यो अवधिमा कम्पनीले १५ करोड ६० लाख ३० हजार रुपैयाँ नाफा आर्जन गरेको छ । गत आवको सोहि अवधिमा कम्पनीले २२ करोड १२ लाख ६७ हजार रुपैयाँ नाफा कमाएको थियो । यसअवधिमा कम्पनीको खुद बीमा शुल्क आर्जन १ अर्ब ९ करोड ४१ लाख रुपैयाँबाट बढेर १ अर्ब २० करोड रुपैयाँ पुगेको छ । चालु आर्थिक वर्षको ६ महिनामा कम्पनीको आम्दानी १ अर्ब ४ करोड रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा यस्तो आम्दानी ९९ करोड ५९ लाख रुपैयाँ रहेको थियो । हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब १ करोड रुपैयाँ रहेको छ ।
विवरण अनुसार कम्पनीको रिटेन्ड अर्निङमा ६३ करोड ६५ लाख रुपैयाँ रहेको छ । पुस मसान्तसम्ममा कम्पनीको प्रतिसेयर आम्दानी १५.५१ रुपैयाँ र प्रतिसेयर नेटवर्थ २८१.९५ रुपैयाँ पुगेको छ ।