यूनाइटेड अजोडको खुद नाफा करिब ७ करोड

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको नाफा चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको अवधिमा ४७ पैतिशतले घटेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार गत आवको सोही अवधिको भन्दा ४७.१६ प्रतिशतले नाफा घटेको हो ।

विवरण अनुसार कम्पनीले चालु आवको पुस मसान्तसम्ममा ६ करोड ९६ लाख रुपैयाँ नाफा कमाएको छ । यो गत आवको सोही अवधिको भन्दा ४७ प्रतिशतले कम हो । समीक्षा अवधिमा कम्पनीको आम्दानी र खुद बीमाशुल्क आर्जन घटेकाले नाफा घट्न पुगेको हो । कम्पनीको आम्दानी गत आवमा ७५ करोड ९६ लाख रुपैयाँ रहेकोमा चालु आवमा घटेर ६९ करोड ९३ लाख रुपैयाँ कायम भएको छ । त्यस्तै, खुद बीमाशुल्क आर्जन गत आवमा ४४ करोड ४० लाख रुपैयाँ रहेकोमा चालु आवमा ४४ करोड ३७ लाख रुपैयाँ कायम भएको छ ।

नाफा घटेसँगै कम्पनीको प्रतिसेयर आम्दानी समेत प्रभावित भएको छ । कम्पनीको प्रतिसेयर आम्दानी गत आवमा १३ रुपैयाँ ८५ रुपैयाँ रहेकोमा चालु आवमा घटेर ६ रुपैयाँ ६४ पैसा कायम भएको छ । चुक्ता पुँजी २ अर्ब १० करोड रुपैयाँ रहेको कम्पनीको स्पेशल रिजर्भमा १ अर्ब २ करोड रुपैयाँ, रिटेन्ड अर्निङमा १६ करोड रुपैयाँ र महाविपत्ति कोषमा ४ करोड रुपैयाँभन्दा बढी सञ्चित रहेको छ । कम्पनीको निर्जीवन बीमाकोषमा गत आवमा ३ अर्ब ३ करोड रुपैयाँ रहेकोमा चालु आवमा बढेर ३ अर्ब ५ करोड रुपैयाँ पुगेको छ। कम्पनीको प्रतिसेयर नेटवर्थ १ सय ८० रुपैयाँ ६० पैसा रहेको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार