न्यूयोर्कमा पनि मानाइयो सोनाम लोसार

न्यूयोर्क । योल्मो क्षेत्रका पाँचपोखरी थाङ्पाल गाउँपालिकाबाट अमेरिकाको न्यूयोर्कमा रहेका तामाङ र योल्मोपा समूदायले सोनाम लोसा मनाएका छन् । उक्त समूदायले ञ्याठी चेन्पो संवत् २१५२ औं ‘सोनाम लासार–२०२५ को अवसरमा संयुक्त कार्यक्रमको आयोजना गरेर मनाएका हुन् ।

लोसार कार्यक्रमका प्रमुख अतिथि धर्मगुरू Ven. Dungzin Rinpoche Dawa Sangbo Yolmopa को नेतृत्वमा लामा गुरूज्यूहरूबाट बौद्ध महायान/वज्रयान धर्म परम्परा अनुसार ल्हाप्सोल कार्यक्रम स–सम्पन्न भएको थियो ।

उक्त कार्यक्रमको पावन अवसरमा प्रमुख अतिथि धर्मगुरू Ven.Dungzin Rinpoche बाट लोसार र खाताग् (खादा) सम्बन्धी प्रवचन दिएका थिए । उक्त कार्यक्रमका प्रमुख अतिथि धर्मगुरू Ven.Dungzin Rinpoche Dawa Sangbo Yolmopa, विशेष अतिथिहरू क्रमशः ह्योल्मो सोसाईटी अफ अमेरिकाका अध्यक्ष लामा तेन्जिन् डक्पा, उपाध्यक्ष लामा सेन् ग्याल्जेन र तामाङ समाज डिसी अमेरिकाका पूर्व अध्यक्ष दाका तामाङ, अतिथिहरू ह्योल्मो सोसाईटी अफ अमेरिकाका केन्द्रीय सदस्य लामा साईला र पूर्व केन्द्रीय सदस्य टासी लामाज्यू लगायतका अतिथिहरूको उपस्थितिमा भव्य रूपमा सु–सम्पन्न गरिएको हो ।

समूहका संयोजक मञ्जु वाईबा विष्टले प्रमुख अतिथि, अतिथि लगायत सहयोगी सबै प्रति धन्यवाद व्यक्त गर्दै साँस्कृतिक कार्यक्रम सहित उक्त कार्यक्रम सम्पन्न भयो ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार