काठमाडौं । सेयर कारोबार हुने साताको पहिलो दिन आइतबार सेयर बजार परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ । आजको कारोबार बन्द हुँदा सेयर बजार परिसूचक ११ दशमलव ४९ अंकले घटेर २६८८ दशमलव ३१ विन्दुमा पुगेको हो ।
आजको कारोबार बन्द हुँदा सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये १६८ कम्पनीको सेयर मूल्य घटेको छ भने ६८ कम्पनीको सेयर मूल्य मात्रै बढेको छ । त्यस्तै ६ कम्पनीको सेयर मूल्य भने आज स्थिर रहेको छ । त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि २ दशमलव २५ अंकले घटेर ४५२ दशमलव २१ विन्दुमा पुगेको छ । आज १३ उपसूचकमध्ये ४ वटा उपसूचकको सेयर मूल्य बढेको छ भने बाँकी ९ उपसूचकको सेयर मूल्यमा गिरावट आएको छ ।
आज नेप्से सँगै कारोबार रकममा पनि कमी आएको छ । गत साताको बिहीबारको कारोबार बन्द हुँदा ९ अर्ब भन्दा माथिको कारोबार भएको बजारमा आज भने ८ अर्ब भन्दा बढीको मात्रै कारोबार भएको छ । आज सेयर बजारमा ८ अर्ब ३९ करोड ८६ लाख ६० हजार ६२८ रुपैयाँ बराबरको कारोबार भएको छ । आज सेयर बजारमा ३०५ कम्पनीका १ करोड ५८ लाख ५५ हजार ६१० कित्ता सेयर ८४ हजार २८९ पटक खरिद बिक्री हुँदा उक्त रकम बराबरको कारोबार भएको हो ।
आजको कारोबार बन्द हुँदा दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज सेन्ट्रल फाइनान्स र गार्डियन माइक्रोलाइफको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ ।
दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट
साताको पहिलो कारोबार दिन नै नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भयो । कारोबार रकम पनि घटेको दिन ६८ कम्पनीको सेयर मूल्यमा मात्रै बढेको छ । आज सेयर मूल्य बढ्ने कम्पनीमध्ये २ कम्पनीको मूल्यमा भने सकारात्मक सर्किट लागेको छ ।
आजका सेन्ट्रल फाइनान्स र गार्डियन माइक्रो लाइफको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो । यी दुई कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । आजको कारोबार बन्द हुँदा सेन्ट्रल फाइनान्सको सेयर मूल्य ६१ रुपैयाँ २० पैसाले बढेर ६७३ रुपैयाँ २० पैसा पुगेको छ । त्यस्तै गार्डियन माइक्रो लाइफको सेयर मूल्यमा आज ३० रुपैयाँ १० पैसाले बढेर ३३१ रुपैयाँ १० पैसा पुगेको छ । यो कम्पनीको आज पहिलो कारोबार हो ।
त्यस्तै आज धेरै बढ्ने शीर्ष पाँच कम्पनीमा उपकार लघुवित्त, इन्फिनिटि लघुवित्त र उपर लोहोरे खोला हाइड्रोपावर रहेका छन् । आजको कारोबार बन्द हुँदा उपकार लघुवित्तको सेयर मूल्य ३६० रुपैयाँले बढेर ६ हजार ३०० रुपैयाँ पुगेको छ । यो अघिल्लो कारोबार भन्दा ६.०६ प्रतिशतले धेरै हो ।
आजको कारोबार बन्द हुँदा इन्फिनिटी लघुवित्तको सेयर मूल्य पनि ६.०२ प्रतिशत अर्थात् ५९ रुपैयाँले बढेर १ हजार ३९ रुपैयाँ पुगेको छ । अपर लोहोरे खोलाको सेयर मूल्य पनि आज ३३ रुपैयाँ २० पैसाले बढेर ६६३ रुपैयाँ ५० पैसा पुगेको छ । यो अघिल्लो कारोबार भन्दा ५.२७ प्रतिशतले कम हो ।
धेरै मूल्य घट्ने पाँच कम्पनी
आइतबारको सेयर बजार कारोबार बन्द हुँदा परिसूचक दोहोरो अंकले घटेर बन्द भयो । कारोबार भएका कम्पनीमध्ये १६८ कम्पनीको सेयर मूल्य घटेको दिन धेरै मूल्य घट्ने पाँच कम्पनीमा सप्तकोशी डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, भूगोल इनर्जि, छ्याङदी हाइड्रोपावर र न्यादी हाइड्रोपावरको सेयर मूल्य सबै भन्दा धेरै घटेको हो ।
आजको कारोबार बन्द हुँदा सप्तकोशीको सेयर मूल्य ७७ रुपैयाँ २० पैसाले घटेर १ हजार १०६ रुपैयाँ पुगेको छ । यो अघिल्लो कारोबार भन्दा ६.५२ प्रतिशतले कम हो । त्यस्तै आज सिन्धु विकास बैंकको सेयर मूल्य पनि आज ५.६१ प्रतिशत अर्थात् ६० रुपैयाँ ९० पैसाले घटेर १ हजार २४ रुपैयाँ १० पैसा पुगेको छ ।
आजको कारोबार बन्द हुँदा भूगोल इनर्जिको सेयर मूल्य पनि ४.६४ प्रतिशत अर्थात् ४३ रुपैयाँ ९० पैसाले घटेर ९०३ रुपैयाँ पुगेको छ । छ्याङ्दी हाइड्रोको सेयर मूल्य पनि आज २४ रुपैयाँ ६० पैसाले घटेर ५१५ रुपैयाँ पुगेको छ । यो अघिल्लो कारोबार भन्दा ४.५६ प्रतिशतले कम हो ।
आजको कारोबार बन्द हुँदा न्यादी हाइड्रोपावरको सेयर मूल्य पनि ४.५२ प्रतिशत अर्थात् प्रतिकित्ता ३५ रुपैयाँले घटेर ७४० रुपैयाँ पुगेको छ ।