माहुली लघुवित्तको नाफासँगै घट्यो प्रतिसेयर आम्दानी पनि

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा लाखमा समिति भएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार नाफा ८९ लाखमा झरेको हो ।

कम्पनीले गत आर्थिक वर्षको सोही अवधिमा भने २ करोड ६१ लाख रुपैयाँ नाफा कमाएको थियो । चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा गत आवको सोही अवधिको तुलनामा कम्पनीको नाफा ६५.६९ प्रतिशतले घटेको हो । कम्पनीको इम्पेयरमेन्ट चार्ज बढेकाले नाफामा दबाब परेको हो ।

गत आवमा कम्पनीको इम्पेयरमेन्ट चार्ज १ करोड १८ लाख रुपैयाँ रहेकोमा चालु आवमा बढेर ५ करोड ८२ लाख रुपैयाँ पुगेको छ । यससँगै गत आवमा कम्पनीको सञ्चालन नाफा ३ करोड ७३ लाख रुपैयाँ रहेकोमा चालु आवमा घटेर १ करोड २७ लाख रुपैयाँमा झरेको छ । यो अवधिमा कम्पनीको खुद ब्याज आम्दानी भने गत आवको तुलनामा चालु आवमा ३४.७७ प्रतिशतले वृद्धि भएको छ । गत आवमा कम्पनीको खुद ब्याज आम्दानी १२ करोड २३ लाख रुपैयाँ रहेकोमा चालु आवमा बढेर १६ करोड ४८ लाख रुपैयाँ पुगेको छ ।

चुक्ता पुँजी ३ करोड २२ लाख रुपैयाँ रहेको कम्पनीको रिटेन्ड अर्निङमा ७५ लाख रुपैयाँ र जगेडा कोषमा ३१ करोड २५ लाख रुपैयाँ सञ्चित रहेको छ । कम्पनीले २ अर्ब ६९ करोड रुपैयाँ सापटी लिएर १ अर्ब ७० करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने ४ अर्ब ७५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

नाफा घटेसँगै कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) समेत घटेको छ । गत आवको दोस्रो त्रैमासमा कम्पनीको प्रतिसेयर आम्दानी १६ रुपैयाँ २० पैसा रहेकोमा चालु आवमा घटेर ५ रुपैयाँ ५६ पैसा कायम भएको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १९९ रुपैयाँ ३१ पैसा र निष्क्रिय कर्जा ४.८९ प्रतिशत छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार