काठमाडौं । घरेलु टोलि भारतले इंग्ल्याण्ड विरुद्धको पहिलो एक विदसिय क्रिकेटमा जित निकालेको छ । नागपुरमा बिहीबार भएको खेलमा पाहुना टोलिलाई ४ विकेटले पाराजित गर्दै भारतले सिरिजमा विजयी सुरुवात गरेको हो ।
इंग्ल्याण्डले दिएको २४९ रनको लक्ष्य घरेले टोलिले ६ विकेट गुमाएर ३८ ओभर ४ बलमा भेटायो । उसका लागि सुभमन गिलले सर्वाधिक ८७ रनको पारी खेले । त्यस्तै श्रेयस अय्यरले ५९ रन बनाए भने अक्षर पट्टेलले पनि ५२ रनको अर्धसतकीय पारी खेले । इंग्ल्याण्डका लागि साकिब महमूद र आदिल रसिदले समान २–२ विकेट लिए ।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले ४७.४ ओभरमा २४८ रनमा अलआउट भएको थियो । उसका लागि कप्तान जस बटलरले सार्वधिक ५२ रन बनाए । त्यस्तै याकूब बेथेलले पनि ५१ रन बनाए । फिल्प साल्टले ४३ रनको योगदान दिए भने बेन डकेटले ३२ रन बनाए । भारतका लागि हर्षित राना र रविन्द्र जडेजाले सामान ३–३ विकेट लिए ।