रियल कोपा डेल रेको सेमिफाइनलमा

काठमाडौं । कठिन जित निकालदै रियल म्याड्रिड कोपा डेल रेको सेमिफाइनमा पुगेको छ । गोन्जालो गार्सियाले इन्ज्युरी समय निर्णायक गोल गरेपछि रियल म्याड्रिड कोपा डेल रेको सेमिफाइनल पुगेको हो ।

लेगानेसलाई बुधवार दोस्रो क्वाटरफाइनलमा ३–२ ले हराउँदै रियल अन्तिम चारमा पुगेको हो । रियलका लागि लुका मोड्रिच, एन्ड्रिकले गोल गरे । लेगानेसका लागि दुवै गोल हुवाँ कुजले गरे । घरेलुु मैदानमा २–० ले पछि परेको अवस्थाबाट लेगानेसले २–२ को बराबरी गरेपनि अन्त्यमा हारको सामना गर्नु पर्यो ।

मोड्रिचले १८ औं र एन्ड्रिकले २५ औं मिनेटमा गोल गरेपछि रियल २–० ले अघि बढ्यो । लेगानेसका क्रुजले ३९ औं मिनेटमा पेनाल्टीमा गोल गरेपछि पहिलो हाफको समाप्तिमा रियल २–१ ले अघि रह्यो । क्रुजले ५९ औं मिनेटमा बराबरी गोल गर्दै लेगानेस खेलमा फर्काए । थप समय तर्फ उन्मुख खेलको इन्ज्युरी समयको तेस्रो मिनेटमा गार्सियाले गोल गर्दैै रियललाई रोमान्चक जित दिलाए ।

मंगलवार गेटाफेलाई ५–० ले हराउँदै एट्लेटिको मड्रिड कोपा डेल रेको सेमिफाइनलमा पुगिसकेको छ । बाँकी दुई क्वाटरफाइनलमा बिहीवार रियल सोसिडाड र ओसासुना तथा भ्यालेन्सिया र बार्सिलोनाबिच प्रतिस्पर्धा हुनेछ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार