काठमाडौं । समाजसेवी पासाङ तेम्बा शेर्पा त्रि–ज्याति समर्पण सेवा सम्मान २०८१ बाट सम्मानित भएका छन् । शेर्पालाई शिक्षा, समाज सेवा र मानव जातिको हितमा पुर्याएको योगदानको कदर गर्दै काठमाडौंको बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १२ मा रहेको त्रि–ज्योति माविले उक्त सम्मानबाट सम्मानित गरेको हो ।
सोलुखुम्बुको खुम्बु पासाङ ल्हमु गाउँपालिका वडा नम्बर २ मा जन्मेका शेर्पाले शिक्षा, समाजसेवा र मानव सेवाका विभिन्न क्षेत्रमा काम गर्दै आएका छन् । उनले सोलुखुम्बु जिल्लामा छात्रा शिक्षाको अभियान बोकेर छोराछोरी दुवै बराबरी हुन भन्ने आदर्श विचारको पक्षमा उभिएर समतामूलक समाजका लागि सक्रिय भएर काम गरेका छन् । विद्यालयले शिक्षा, समाज सेवा र मानव सेवामा अझै सक्रिय हुन सहयोग पुगोस भनेर सम्मान पत्रका साथ सम्मान गरेको जनाएको छ ।