प्रि ओपन सेसनमा सामान्य अंकले बढ्यो नेप्से

काठमाडौं । सोमबारको प्रि ओपन सेसनमा नेप्से सामान्य अंकले बढेको छ । आजको प्रि ओपन सेसनमा नेप्से १ दशमलव ०६ अंकले बढेको हो ।

यो सेसनको कारोबार पछि नेप्से परिसूचक २७२८ दशमलव ६२ विन्दुमा पुगेको छ । त्यस्तै आजको प्रि ओपन सेसनमा सेन्सेटिभ इन्डेक्स पनि ० दशमलव २३ अंकले बढेर ४५८ दशमलव ६० विन्दुमा पुगेको छ ।

यो सेसनमा ३८ कम्पनीको सेयर मूल्य बढेको छ भने ३० कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै ७ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । यो सेसनमा ७७ कम्पनीका २ लाख २१ हजार ९३७ कित्ता सेयर १६६ पटक खरिद बिक्री हुँदा १० करोड ३७ लाख ८६ हजार ९०९ रुपैयाँको कारोबार भएको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार