काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले आजदेखि अवितरित हकप्रद सेयर लिलामीमार्फत बिक्रीमा ल्याएको छ । कम्पनीले ४ लाख ९२ हजार ५७७ कित्ता अवितरित हकप्रद सेयर बिक्री गर्न लागेको हो ।
आवेदन दिने अन्तिम मिति फागुन ५ गते तोकिएको छ । कम्पनीका अनुसार सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ निर्धारण गरिएको छ । सेयर खरिदका लागि बोलकबोल पेश गर्दा न्यूनतम १०० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा कुनै हद लाग्ने छैन ।
लगानीकर्ताले बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ र कम्पनीको शाखा कार्यालयहरु, विराटनगर, विरगञ्ज, पुतलीसडक, पोखरा, नेपालगञ्ज, बुटवल, सुर्खेत र धनगढीमा आवेदन पेश गर्न सक्नेछन् ।