यु १९ महिला विश्व कपको उपाधि भारतलाई 

काठमाडौं । दक्षिण अफ्रिकालाई हराउँदै भारत लगातार दोस्रो पटक आइसिसी यु–१९ महिला टि ट्वान्टी विश्व कपको च्याम्पियन बनेको छ । आइतबार मलेसियाको बायोमास ओभलमा सम्पन्न फाइनलमा दक्षिण अफ्रिकामाथि भारतले ९ विकेटको सहज जित निकालेको हो ।

दक्षिण अफ्रिकाले दिएको ८३ रनको सामान्य लक्ष्य भारतले ११.२ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो । भारतका लागि अविजित रहेका गोंगडी त्रिशाले सर्वाधिक ४४ रन जोडिन् । उनले ३३ बलमा ८ चौका प्रहार गरिन् । सानिका चल्केले २२ बलमा ४ चौकाको सहयोगमा नट आउट २६ रन बनाइन् ।

दक्षिण अफ्रिकाका लागि कायला रेनेकेले १ विकेट लिइन् । त्यसअघि बायोमास ओभलमा टस जितेर ब्याटिङ रोजेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा गुमाउँदै ८२ रनमा अल आउट भएको थियो । दक्षिण अफ्रिकाका लागि मिकी भान वुस्र्टले सर्वाधिक २३ रन जोडिन् । ओपनर जिम्मा बोथा १६, फे काउलिङ १५ र काराबो मेसो १० रनमा आउट भइन् । भारतका लागि गोंगडी त्रिशाले ३, वैष्णवी शर्मा, परुनिका सिसोडिया र आयुषी शुक्लाले समान २ तथा शबनम शाकिलले १ विकेट लिइन् । पहिलो संस्करणमा इङ्ग्ल्याण्डलाई हराउँदै भारत च्याम्पियन भएको थियो ।

यो विश्वकपमा नेपालको यु १९ टिमले पनि सहभागिता जनाएको थियो । पहिलो पटक प्रतिस्पर्धा गरेको नेपाल यु १९ ले समूह चरणका तीनै खेल गुमाएको थियो । नेपाल यु १९ ले प्लेअफमा भने टोलीले मलेसियालाई पराजित गरेको थियो ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार