निर्माण व्यवसायीहरूको बक्यौता बाँकी छैन : अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले निर्माण व्यवसायीहरूको बक्यौता बाँकी नरहेको बताएका छन् । आइतबार महिला आर्थिक पत्रकार संघ (फेजा) ले आयोजना गरेको कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेले यस्तो बताएका हुन्।

‘अहिले व्यवसायीहरु भ्याट बिल काट्न डराएका छन् । तर, निर्माण व्यवसायीको भुक्तानी बक्यौता बाँकी छैन,’ उनले भने । मन्त्री पौडेलले निर्माण व्यवसायीहरू बिल काट्नेबित्तिकै भ्याट तिर्नुपर्ने भन्दै डराएको बताए । ‘भ्याट त सरकारको आय हो त्यो नियम अनुसार तिर्नुपर्छ । भ्याट बिल नै नकाटेर सरकारले पैसा दिएन भन्न मिल्दैन’ मन्त्री पौडेलले भने ।

अर्थमन्त्री पौडेलका अनुसार गत वर्षको निर्माण क्षेत्रको भुक्तानी दायित्व यो वर्ष सारिए पनि हालसम्म सबै भुक्तानी भइसकेको छ । ‘बिल आएका र कानूनी मापदण्ड पूरा गर्ने व्यवसायीहरूको दाबी सहज रूपमा भुक्तानी हुनेछ’ उनले दाबी गरे ।

अर्थमन्त्री पौडेलले अर्थतन्त्रमा देखिएका समस्याहरू समाधान गर्न सरकार नीतिगत परिवर्तनमार्फत सक्रिय रहेको बताए । उनले निजी क्षेत्रको सुझावलाई मध्यनजर गर्दै सरकारले थला परेको अर्थतन्त्र सुधारका लागि महत्वपूर्ण नीति निर्माणको प्रक्रिया अघि बढाएको उल्लेख गरे । अर्थमन्त्री पौडेलले कानुन कार्यान्वयनलाई थप प्रभावकारी बनाउन सरकार निश्चित आधार तयार गरिरहेको पनि स्पष्ट पारे । उनले निजी क्षेत्रलाई निरन्तर साथ दिने सरकारको प्रतिबद्धता दोहोर्याउँदै अर्थतन्त्रलाई सबल बनाउन निजी क्षेत्रसँग सहकार्यलाई प्राथमिकता दिएको उल्लेख गरे । पुँजीगत खर्च बढाउनुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै उनले व्यवसायीहरूले आफ्नो दायित्व पूरा गर्न जोड दिनुपर्ने धारणा राखे ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार