इङ्ग्ल्याण्डविरुद्धको टि–२० सिरिज एक खेल अगावै भारत लाई

काठमाडौं । भारतले पाहुना टोली इङ्ग्ल्याण्डविरुद्धको टि ट्वान्टी आई सिरिज १ खेल अगावै जितेको छ । चौथो खेलमा शुक्रवार इङ्ग्ल्याण्डलाई १५ रनले पराजित गर्दै भारतले ५ खेलको सिरिज जितेको हो ।

भारतले सिरिजमा ३–१ को अग्रता बनाएको छ । १ सय ८२ रनको बलियो लक्ष्य पछ्याएको इङ्ग्ल्याण्ड १९.४ ओभरमा १ सय ६६ रनमा अल आउट भयो । इङ्ग्ल्याण्डका ह्यारी ब्रुकले सर्वाधिक ५१ रन जोडे । त्यस्तै ओपनर बेन डकेट ३९ तथा फिल साल्ट २३ रन बनाए । जेमी ओभरटर्न १९ रनमा आउट हुँदा आदिल राशिदले १० रनमा नट आउट रहे । भारतका लागि हर्षित राना र रवि बिश्नोइले ३–३ विकेट लिए । त्यस्तै वरुण चक्रवर्तीले २, अक्षर पटेल र अर्शदिप सिंहले समान १–१ विकेट लिए ।

त्यसअघि पुनेमा टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ८१ रनको योगफल तयार गरेको थियो । भारतका लागि शिभम दुवे र हार्दिक पाण्ड्याले सर्वाधिक रुपमा समान ५३ रन जोडेका थिए । छैठौं विकेटका लागि दुवे र पाण्ड्याले ८७ रनको साझेदारी गर्दै टोलीलाई बलियो योगफल सम्म पुर्याएका थिए ।

इङ्ग्ल्याण्डका लागि सकिब मोहम्मदले ३, जेमी ओभरटर्नले २ तथा आदिल राशिद र बायडेन कार्सले समान १ विकेट लिए । पाँचौ टि ट्वान्टी आई आइतवार हुनेछ ।

 

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार