नेप्से १० अंकले घट्यो, कारोबार रकम ९ अर्ब माथि

काठमाडौं । साताको सेयर कारोबार हुने पहिलो दिन नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । आजको कारोबार बन्द हुँदा सेयर बजार परिसूचक १० दशमलव ४१ अंकले घटेर बन्द भएको हो ।

आइतबारको कारोबार बन्द हुँदा नेप्से परिसूचक २६४३ दशमलव ९३ विन्दुमा पुगेको छ । आज सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये १२१ कम्पनीको सेयर मूल्य घटेको छ भने ११६ कम्पनीको सेयर मूल्य बढेको छ । त्यस्तै ६ कम्पनीको सेयर मूल्य आज स्थिर रहेको छ ।

त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ३ दशमलव २० अंकले घटेर ४४३ दशमलव ६० विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ उपसूचकमध्ये ८ वटाको सेयर मूल्य घटेको छ भने ५ वटाको मात्रै बढेको छ ।

परिसूचक दोहोरो अंकले घटेको दिन कारोबार रकम भने ९ अर्बभन्दा माथि पुगेको छ । आज सेयर बजारमा ९ अर्ब १२ करोड ८६ लाख ७३ हजार ५१४ रुपैयाँ बराबरको कारोबार भएको छ । आज सेयर बजारमा ३१८ कम्पनीका १ करोड ५७ लाख २० हजार ३६७ कित्ता सेयर ९४ हजार ८१३ पटक खरिद बिक्री हुँदा उक्त रकम बराबरको कारोबार भएको हो ।

आज सेयर बजारमा २ कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लागेको छ भने ४ कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार