च्याम्पियन्स गिलमा रियलको सहज जित

काठमाडौं । साविक विजेता रियल म्याड्रिड च्याम्पियन्स लिगमा बुधवार जित हासिल गरेको छ। रियलले साल्सबर्गलाई ५–१ ले पराजित गर्यो । रोड्रिगो र भिनिसियस जुनियरले समान २ र केलियन एम्बाप्पेले १ गोल गरे ।

रोड्रिगोले २३ औं र ३४ औं मिनेटमा गोल गरेपछि रियलले पहिलो हाफमा २–० को अग्रता बनायो । एमबाप्पेले ४८ औं मिनेटमा गोल गरे । जुनियरले ५५ औं र ७७ औं मिनेटमा गोल गरेपछि रियलले फराकिलो अग्रता लियो ।

खेल सकिन ५ मिनेट बाँकी रहँदा बिड्सट्रुपले एक गोल फर्काए । ७ खेलबाट १२ अंकसहित रियल १६ औं स्थानमा छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार