सेयर बजारमा हरियाली, कारोबार रकम ९ अर्ब माथि

काठमाडौं । बुधबार सेयर बजारमा हरियाली छाएको छ । साताको सेयर कारोबार हुने चोथो दिनको कारोबार बन्द हुँदा सेयर बजार परिसूचक ५२ दशमलव ३६ अंकले बढेको हो । यो अघिल्लो दिनको भन्दा २ प्रतिशतले धेरै हो ।

आजको कारोबार बन्द हुँदा नेप्से परिसूचक २६६५ दशमलव ४५ विन्दुमा पुगेको छ । त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापस सेन्सेटिभ इन्डेक्स पनि १.९६ प्रतिशत अर्थात् ८ दशमलव ६५ अंकले बढेर ४४८ दशमलव ८० विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ वटै उपसूचकको सेयर मूल्यमा हरियाली देखिएको छ ।

आजको कारोबार बन्द हुँदा १९६ कम्पनीको सेयर मूल्य बढेको छ भने ३७ कम्पनीको सेयर मूल्य घटेको छ । ९ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ । आज परिसूचकसँगै कारोबार रकममा पनि सुधार आएको छ ।

अघिल्लो दिन ६ अर्ब भन्दा माथिको कारोबार भएको बजारमा आज ९ अर्ब भन्दा बढीको कारोबार भएको छ । आज सेयर बजारमा ३२२ कम्पनीका १ करोड ७६ लाख ९२ हजार ८१९ कित्ता सेयर ९० हजार ६९६ पटक खरिद बिक्री हुँदा ९ अर्ब २० करोड ३० लाख ८८ हजार ३४९ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये २ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार