इंग्लिस प्रिमियर लिग : उल्भ्सलाई हराउँदै चेल्सी चौथो स्थानमा उक्लियो

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले उल्भ्सलाई ३–१ गोलले हराएको छ । घरेलु मैदानमा गएराति भएको खेलमा चेल्सीले उल्भ्सलाई पराजित गर्दै अंक तालिकामा चौथो स्थानमा उक्लिएको हो ।

चेल्सीको २२ खेलमा ४० अंक भएको छ । यस्तै १७ औं स्थानको उल्भ्सको समान खेलमा १६ अंक छ । प्रिमियर लिगमा २१ खेलमा ५० अंकका साथ लिभरपुल शीर्ष स्थानमा रहँदा २२ खेलमा ४४ अंक रहेको आर्सनल दोस्रो स्थानमा छ । समान खेलमा समान अंक रहेको नटिङ्घम फरेस्ट तेस्रो स्थानमा छ ।

 

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार