। साताको दोस्रो दिन सोमबार सेयर बजार परिसूचक ६ अंकले बढेर बन्द भएको छ । सेयर कारोबार हुने साताको दोस्रो दिन नेप्से परिसूचक ६ दशमलव ७८ अंकले बढेको हो ।
आजको कारोबार बन्द हुँदा सेयर बजार परिसूचक २६०७ दशमलव ९९ विन्दुमा पुगेको छ । त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ० दशमलव १० अंकले बढेर ४३९ दशमलव १४ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ उपसूचकमध्ये ८ उपसूचकको परिसूचक बढेको छ भने ५ वटाको घटेको छ ।
आज सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये ११८ कम्पनीको सेयर मूल्य बढेको छ भने ११७ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै ८ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ । परिसूचकसँगै आज कारोबार रकममा पनि सुधार भएको छ । आज सेयर बजारमा ६ अर्ब ५७ करोडभन्दा माथिको कारोबार भएको छ । आज सेयर बजारमा ३११ कम्पनीका १ करोड ३६ लाख ७७ हजार ९८३ कित्ता सेयर ७४ हजार ४०३ पटक खरिद बिक्री हुँदा ६ अर्ब ५७ करोड ४ लाख ७७ हजार ८८६ रुपैयाँको कारोबार भएको छ । सेयर बजार परिसूचक बढेको दिन ४ कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।