लक्ष्मी सनराइज बैंकको नाफा ९ प्रतिशतले बढ्यो

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रा त्रैमासिकसम्ममा लक्ष्मी सनराइज बैंक लिमिटेडको नाफा सामान्य बढेको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार नाफा ९.७१ प्रतिशतले बढेको हो ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकले १ अर्ब १६ करोड २० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ५ करोड ९२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । खुद ब्याज आम्दानी सामान्य घटेपनि इम्पेरमेन्ट चार्ज घटेका कारण बैंकको खुद नाफा सामान्य बढ्न पुगेको हो ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ८.२७ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी १२.२८ प्रतिशत बढेको छ । त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी ३.५० प्रतिशत घटेको छ । समीक्षा अवधिमा बैंकको इम्पेरमेन्ट चार्ज २ अर्ब ७३ करोड २६ लाख रुपैयाँबाट घटेर १ अर्ब ९२ करोड ९२ लाख रुपैयाँमा झरेको छ । जसका कारण बैंकको सञ्चालन मुनाफा २४.०८ प्रतिशत बढेको छ ।

नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि सामान्य बढेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ४१ पैसा बढेर ९ रुपैयाँ ५५ पैसा पुगेको छ । पुस मसान्तसम्ममा बैंकको प्रतिसेयर नेटवर्थ १७२ रुपैयाँ ५० पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २२.२२ गुणा रहेको छ । त्यस्तै, सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा ३६ करोड ८५ लाख रुपैयाँ रहेको छ ।

२४ अर्ब ३४ करोड ६५ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकको जगेडा कोषमा १७ अर्ब ६५ करोड १३ लाख रुपैयाँ सञ्चित छ । पुस मसान्तसम्ममा बैंकले ३ खर्ब ४० अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ६७ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार