शृजनशील लघुविको साधारणसभा माघ २७ गते

काठमाडौं । श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो छैठौं वार्षिक साधारणसभा यही माघ २७ गते आइतबार गोलबजारस्थित होटल पावन मिथिला थाली प्रा. लि. मा बिहान ९ बजेका लागि बोलाएको हो ।

सभाका लागि लाभांश सम्बन्धी कुनै प्रस्ताव समावेश नगरेको यस संस्थाले मर्जरका लागि उपयुक्त लघुवित्त खोज्ने सहित अन्य सम्पूर्ण काम गर्न र प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभाका लागि तय गरिएका छन् । साधारणसभा प्रयोजनका लागि संस्थाले माघ १८ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । बुक क्लोजको आधारमा माघ १५ गतेसम्म कायम शेयरधनी सभामा भाग लिन सक्नेछन् ।

 

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार