आर्सनलले टोटनहमलाई हरायो

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा आर्सनलले टोटनहम हट्सपरलाई पराजित गरेको छ । आर्सनलले बिहीवार आफ्नो मैदानमा टोटनहमलाई २–१ गोलले पराजित गरेको हो ।

आर्सनलका लियान्ड्रो ट्रोसार्डले १ गोल र अर्को गोल आत्मघाती रह्यो । टोटनहमका लागि सन ह्युङ मिनले गोल गरे । खेलमा अग्रता टोटनहमले लियो । २५औं मिनेटमा सनले गोल गरे । ४०औं मिनेटमा टोटनहमका डोमेनिक सोलांकेको आत्मघाती गोलले खेलमा १–१ को बराबरी भयो । खेलको ४४औं मिनेटमा ट्रोससार्डले गरेको गोल आर्सनलको लागि निर्णायक बन्यो ।

जितसँगै २१ खेलमा ४३ अंकका साथ आर्सनल दोस्रो स्थानमा उक्लिएको छ । शीर्षस्थानको लिभरपुल भन्दा आर्सनल ४ अंकले पछि छ । टोटनहम २१ खेलमा २४ अंकका साथ १३औं स्थानमा छ ।

बिहीवारका अन्य खेलमा न्युक्यासलले वल्भ्सलाई ३–०, क्रिस्टल प्यालेसले लेस्टर सिटी क्रिस्टललाई २–० र एस्टन भिल्लाले एभर्टनलाई १–० ले हरायो ।

 

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार