काठमाडौं । स्पेनिस सुपर कप विजेता बार्सिलोना कोपा डेल रे क्वाटरफाइनलमा पुगेको छ । रियल बेटिसलाई बुधवार ५–१ को हराउँदै बार्सिलोना अन्तिम आठमा पुगेको हो ।
बार्सालिनालाई जित दिलाउन गावी, जुलियस कोन्डे, राफिन्हा, फेरान टोरेस र लामियन यमालले गोल गरे । बेटिसका भिटोर रोकले गोल गरे । गावीको गोलमा बार्सिलोनाले तेस्रो मिनेटमा अग्रता लियो । २७औं मिनेटमा कोन्डेले गोल गरेपछि बार्सिलोना पहिलो हाफमा २–० ले अगाडि रह्यो । राफिन्हा ५८ औं मिनेटमा गोल गरे ।
बार्सिलोनाको नियन्त्रणमा रहेको खेलको ६७औं मिनेटमा टोरेस र ७५औं मिनेटमा यमालले गोल थपे । बेटिसका रोकले ८४औं मिनेटमा पेनाल्टीमा गोल फर्काए ।