नेप्से ६.५३ अंकले बढ्यो, कारोबार रकम ६ अर्ब ४० करोड

काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ६.५३ अंकले बढेर २६५३.३८ को बिन्दुमा पुगेर बजार बन्द भएको हो । त्यस्तै, आज सेन्सेटिभ इण्डेक्स १.०२ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.७० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३४ अंक बढेको छ।

आज ३०५ कम्पनीको १ अर्ब ५५ हजार २ हजार कित्ता बढी सेयर किनबेच हुँदा ६ अर्ब ४० करोड ७६ लाख १४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज १३९ कम्पनीको सेयर मूल्य बढ्दा ९५ कम्पनीको सेयर मूल्य घटेको छ भने ८ कम्पनीको सेयर मल्य स्थिर रहेको छ ।

न्यादी हाइड्रोपावरको आज सर्वाधिक कारोबार भएको छ । कम्पनीको २२ करोड ५३ लाख ४९ हजार बढी संकलन भएको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६ हजार ४१ रुपैयाँ रहेको छ । आज २ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने सामुदायिक लघुवित्तको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार