काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङलाई सरकारले स्पष्टीकरण सोधेको छ । ऊर्जामन्त्री दिपक खड्काले विद्युत् प्राधिकरणले उद्योगीहरुलाई पठाएको ट्रंकलाइन र डेडिकेटेड लाइनको बिल अध्ययन गर्न समिति गठन गरेका थिए । त्यो समितिको खर्च विद्युत् प्राधिकरणबाट बेहोर्ने निर्णयमा कुलमान घिसिङले नोट अफ डिसेन्ट लेखेका थिए ।
ऊर्जा मन्त्रालयले योसहित ट्रान्सफरमर खरिदमा अनियमिता भएको लगायतका आरोप लगाएर ९ बुँदे स्पष्टीकरण सोधेको हो । ऊर्जासचिव सुरेश आचार्यले ७ दिनभित्र स्पष्टीकरण पेश गर्न पत्र कुलमानलाई पत्र पठाएका हुन् ।
स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओली कुलमानलाई सरकारमा आउना साथ हटाउन खोजेका थिए । तर,कांग्रेस सभापति शेरबहादुर देउवा सहमत भएको कारण ओलीको हटाउने निर्णय कार्यान्वयन गर्न सकेका थिएनन् । पछिल्लो समय देउवाले ऊर्जामन्त्री बनाएका खड्का र कुलमानबीच नै सम्बन्ध निकै नै बिग्रेको अवस्था छ । प्राधिकरणको अध्यक्षको हिसाबले ऊर्जामन्त्रीले प्राधिकरणको मुख्यालयमा समेत आफ्नो कार्यकक्ष बनाएका छन् ।
समाचार
महानगर यातायातद्धारा ४० नयाँ बस सञ्चालनमा, आईपीओ जारी गर्ने घोषणा
कालीकोटको दुर्गम गाउँमा खाद्य बिक्री केन्द्र स्थापना
बिदामा पनि उपचार सेवा दिँदै प्रादेशिक आयुर्वेद चिकित्सालय
बीमा प्राधिकरणको अध्यक्ष बन्न १२ जनाले दिए आवेदन
प्रधानमन्त्रीले गरे भर्चुअल माध्यमबाट सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रु’
महानगरपालिका पोखरा भ्रमण वर्षको तयारीमा
बिना औपचारीक अध्ययन : चार पुस्तक लेखन देखि आचार्यसम्म, आफ्नै पुस्तक आफैले अध्ययन
आज सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रु’
झापामा छ महिनामा पाँच सय ३२ घरेलु तथा साना उद्योग दर्ता
असनमा आगलागीबाट ३५ लाखको क्षति