काठमाडौं । विराट एक्स्पो २०२५ यही माघ ११ गतेदेखि आयोजना हुने भएको छ । एक्स्पोको ८ औं संस्करण विराटनगरेको डिग्री क्याम्पस परिसरमा माघ ११ गतेदेखि २० गतेसम्म आयोजना हुने भएको हो ।
आर्थिक एवं औद्योगिक विकासका माध्यमबाट राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्याउने उद्देश्यका साथ स्थापित निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था उद्योग संगठन मोरङको आयोजनामा हुने विराट एक्स्पो २०२५ को तयारी तीव्र गतिमा भइरहेको आयोजकले जनाएको छ । एक्स्पोको तयारी तीव्र गतिमा भइरहेको आयोजकले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो । विराट एक्स्पो २०२५ Digital Koshi: Bridging Innovation & Investment थिममा साथ आयोजना हुने छ ।
संगठनले सबैभन्दा पहिला एक्स्पोको आयोजना २०५३ सालमा कोशी महोत्सबको नामबाट गरेको थियो । आज २०८१ सालमा विराट एक्स्पोको आठौं संस्करणसम्म आइपुग्दा यो एक्स्पो नेपालमा आयोजना हुने अन्तर्राष्ट्रिय स्तरको थोरै औद्योगिक एक्स्पो मध्ये आफ्नै छट्टै पहिचान र ब्राण्डको रुपमा स्थापित हुन सफल भएको बताइएको छ ।
यो विशुद्ध रुपमा औद्योगिक एक्स्पो भएकाले यसको माध्यमबाट उत्पादक र उपभोक्ता बिच व्यावसायिक अनुभवको प्रत्यक्ष आदान प्रदानका साथै उद्यमी व्यवसायीलाई व्यवसायीक सम्बन्धको विकास र नँया प्रविधिको पहिचान गर्न पर्याप्त सघाउ पुर्याउनेछ ।
यसअघि सातौं संस्करणको विराट एक्स्पोमा कृषि तथा औद्योगिक प्रदर्शनी र साँस्कृतिक कार्यक्रमसँगसँगै आर्थिक एवम् औद्योगिक क्षेत्रका बिषयगत मुद्दाहरुमा केन्द्रित दैनिक रुपमा फरक–फरक बिषयमा शेमिनारहरु आयोजना गरिएको थियो ।
नवप्रवर्तननई प्रोत्साहन गर्न स्टार्टअप पेभिलियन, श्रम रोजगार फाँटका लागी रोजगार पेभिलियन, पर्यटन प्रबर्द्धनका लागी पर्यटन पेभिलियन र लगानी पेभिलियनहरुको छुट्टाछट्टै व्यवस्थापन गरी समग्र औद्योगिक विकासको इकोशिष्टमको प्रबर्द्धन गर्ने प्रयास गरि केही फरक र नँयापन दिने प्रयत्न गरिएको थियो ।
युवा पलायन वर्तमान समयमा सवत्र चासो र चिन्ताको विषय भइरहेको अवस्थामा युवालाई स्वदेश मै काम गर्नसक्ने वातावरण तयार गर्न फाउण्डेशनबाटै काम गर्नुपर्दछ भन्ने मान्यताका साथ यसपटक आठौं संस्करणको विराट एक्स्पोलाई त्यस प्लेटफर्मको रुपमा प्रयोग गरिने आयोजकको भनाइ छ ।
एक्स्पोमा कोशी प्रदेशको समग्र आर्थिक विकासको औद्योगिक ईको सिस्टम निर्माणका साथै उद्यमशिलताको विकासलाई मोमेन्टम दिन डिजिटल प्रविधिको प्रयोगमा फोकस गरिएको छ । विशेषगरि युवाहरुले डिजीटल प्रविधिमा आधारित रहेर सञ्चालन गरेको उद्योग/व्यावसायले प्राप्त गरिरहेको सफलतालाई मध्यनजर गरि करियर काउन्सिलिङ, एआई कन्फ्रेन्स, रोजगार कोशी पेभिलियन, डिजिटल पेभिलियन, विटुवि विराट बजार, बिजनेस क्लिनिकलाई विशेष आकर्षणको रुपमा समावेश गरिएको छ ।
त्यसैगरी कृषि, पर्यटन, खाद्य, स्वास्थ्य, शिक्षा, अटोमोवाईल लगायतको सहभागिताका अलावा उद्यमशिलता विकासका लागि आवश्यक पर्ने सबै प्रकारका व्यावसाय विकासका सेवाहरु प्रदर्शन हुने गरी व्यवस्था मिलाईएको छ । एक्स्पो अवधिमा हरेक दिन विभिन्न थिमेटिक शेशनहरु सञ्चालन गर्ने कार्यक्रम रहेको छ । पर्यटन प्रबर्द्धन गर्नका लागि गन्तव्यहरुको प्रबर्द्धन, पर्यटन पूर्वाधार, सााँस्कृतिक पर्यटन विकास, पर्यटनलाई स्थानीय उत्पादनसंग जोड्ने फरवार्ड र व्याकवार्ड लिकेंज अभिवृद्धि गर्ने विभिन्न क्रियाकलापहरु सञ्चालन गरिनेछ ।
उद्योग संगठन मोरङले विगत केही समय देखि व्यावसायीक विकासको ईको सिस्टमलाई प्रबर्द्धन गर्ने अभिप्रायले फाउण्डेशनका रुपमा गर्दै आएको कार्यलाई Center for Excellence स्थापना गर्ने भावनाका साथ यसपटकको आठौं संस्करणमा बिराट बजार बिटुबि, बिराटनगर इन्कुबेश सेन्टर एवं भिजन कोशी हाकाथन, रोजगार कोशी: प्राविधिक शिक्षाको महत्वबारे करिअर काउन्सेलिङ, डिजिटल कोशी:एआई कन्फेरेन्स, थिमेटिक शेसनहरुलाई विशेष महत्वका साथ समावेश गरेको छ ।