वैदेशिक रोजगारीमा जानेको संख्या १८.६८ प्रतिशतले वृद्धि, ५ महिनामा ३ लाख बढीले लिए श्रम स्वीकृति

काठमाडौं । आर्थिक वर्षको ५ महिनामा वैदेशिक रोजगारीमा जानेको संख्या १८.६८ प्रतिशतले वृद्धि भएको छ । गत आर्थिक वर्ष २०८०/८१ को पहिलो पाँच महिनाको तुलनामा चालु आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा वैदेशिक रोजगारीमा जानेको संख्यामा वृद्धि भएको हो ।

वैदेशिक रोजगार विभागका अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो पाँच महिना (साउन, भदौ, असोज, कात्तिक र मंसिर)मा कुल ३ लाख २५ हजार ८०९ जनाले वैदेशिक रोजगारीमा जानका लागि अन्तिम श्रम स्वीकृति लिएका छन् । अघिल्लो आर्थिक वर्ष २०८०/८१ को सोही अवधिमा दुई लाख ७४ हजार ५ सय १७ जनाले विभागबाट श्रम स्वीकृति लिएका थिए ।

अघिल्लो आर्थिक वर्षको पहिलो ५ महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा थप ५१ हजार २ सय ९२ जनाले श्रम स्वीकृति लिएका छन् । वैदेशिक रोजगारीमा जानेहरूलाई अन्तिम श्रम स्वीकृति विभागले दिने गर्छ । गत मंसिर महिनामा मात्र विभागले ८४ हजार २ सय २६ जनालाई श्रम स्वीकृति प्रदान गरेको छ ।

विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८१/८२ को साउनमा ५९ हजार ५ सय ७५, भदौमा ५७ हजार ४९३, असोजमा ५३ हजार ५ सय २५, कात्तिकमा ७० हजार ९ सय ९० र मंसिरमा ८४ हजार २ सय २६ जनाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका छन् ।

यस्तै, गत आर्थिक वर्ष २०८०/८१ को साउनमा ५५ हजार ५ सय ७५, भदौमा ५० हजार ८ सय ४, असोजमा ५६ हजार २ सय ३५, कात्तिकमा ४३ हजार ६ सय२ र मंसिरमा ६८ हजार २ सय १ जनाले श्रम स्वीकृति लिएका थिए ।

श्रम स्वीकृति लिनेक्रम यही गतिमा भइरहे चालु आर्थिक वर्षमा करिब ८ लाख नेपाली वैदेशिक रोजगारीमा जाने देखिन्छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार