न्यादी हाइड्रोपावरले साधारणसभा पुस २५ गते

काठमाडौं । न्यादी हाइड्रोपावर लिमिटेडले आफ्नो १७ औँ वार्षिक साधारणसभा पुस २५ गतेका लागि बोलाएको छ । कम्पनीको सञ्चालक समितिले काठमाडौंको बुद्धनगरस्थित क्वालिटी ब्याङ्क्वेटमा पुस २५ गते बिहान ११ बजेदेखि सभा बस्ने निर्णय गरेको हो ।

कम्पनीले सभाका लागि लाभांश सम्बन्धी कुनै पनि प्रस्ताव समावेश गरेको छैन । सभामा गत आवको वित्तीय विवरणहरू छलफल गरी पारित गर्ने र चालू आवको लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पेश हुनेछ ।

साधारणसभा प्रयोजनार्थ कम्पनीले पुस १७ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । यसको आधारमा पुस १६ गतेसम्म कायम शेयरधनी सभामा भाग लिन सक्नेछन् ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार